नोभेम्बरमा खुल्दै चीन–रुसको पहिलो सीमा पार पुल «

नोभेम्बरमा खुल्दै चीन–रुसको पहिलो सीमा पार पुल

मस्को-अमुर नदीमाथिको रुस र चीन जोड्ने राजमार्ग पुल नोभेम्बरमै संचालनमा आउन सक्ने अपेक्षा गरिएको अमुर ओब्लास्ट गभर्नर भासिली ओर्लोभले बताएका छन् । यो पुलले दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई बढाउने निश्चित भएको छ ।
“पूर्वाधार र सबै सेवाहरु तयारी छन् । हामीले नोभेम्बरमा पुल लन्च हुने अपेक्षा गरेका छौ,”ओर्लोभले यसै साता उनको इन्टाग्राम पेजमा बताएका छन् । कोभिड–१९ महामारीका कारण उद्घाटनको मिती सरेको उनले बताए ।
यो महत्वाकांक्षी ३० करोड डलरको निर्माण आयोजना २०१६ को डिसेम्बरमा सुरु भएको थियो र २०१९ को नोभेम्बरमा पुरा भएको थियो । यो सुरुमा अप्रिलमा पुरा हुने अपेक्षा गरिएको थियो ।
यो पुलले उत्तरी चीनको हेइहे र रुसको सुदुर पूर्वी ब्लागोभेस्चेन्सकलाई जोड्ने छ । यो संरचना १ किमी भन्दा लामो हुने र १९.९ किमी दुई लेन राजमार्ग आयोजनाको अंश हुनेछ ।
ठन्डी क्षेत्रको कठोर मौषमी अवस्थाले वर्षौ सम्म सीमापार व्यापारमा असर पु-याइरहेको थियो । तर, आयोजनाले यो समसया समाधान गर्नेछ । यो रुट संचालनमा आएपछि कार्गोको आकारमा प्रति वर्ष ८ गुणाले वृद्धि हुने सुदुर पूर्वका विकास मन्त्री अलेक्जेन्डर कोज्लोभले बताए ।
नयाँ पुलले पर्यटन बढाउने छ र चीनबाट रुसमा आउने पर्यटकको संख्यामा वृद्धि गराएर २० लाख पु¥याउने छ ।
यद्यपि, सुरुमा पर्यटकले सडक प्रयोग गर्न पाउने छैनन् । यो केवल कार्गो ट्रकका लागि उपलव्ध हुने छ । यसको निर्माणका लागि अर्को एक वर्ष लाग्ने छ र यात्रु यातायात सक्षम गराउनका लागि अर्को आधा वर्ष लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्