ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा «

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

वृद्धवृद्धाका समस्या बढिरहेका कारण ज्येष्ठ नागरिकको सहज जीवनयापन, सम्मान र अधिकारमा पहुँच पु-याउने उद्देश्य हासिल गर्न यो दिवस महत्वपूर्ण छ ।

विश्वमा लगभग १५ प्रतिशत मानिस ज्येष्ठ नागरिक छन् । संयुक्त राष्ट्रसंघले सन् १९९१ मा अक्टोबर १ तारिखका दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि त्यसका सदस्य राष्ट्रहरूले ज्येष्ठ नागरिक दिवस मनाउँदै आएका थिए । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार सन् २०५० मा पृथ्वीको करिब २५ प्रतिशत जनसंख्या ५५ वर्ष र सोभन्दा माथिका हुनेछन् । त्यसैले वातावरण परिवर्तनबाट यति ठूलो जनसंख्यामा पर्ने असरको उचित व्यवस्थापन गर्न जरुरीे छ । तर, अन्तर्राष्ट्रिय नीतिनिर्माताहरू भने यो विषयतर्फ खासै आकर्षित भएको देखिँदैन । यसर्थ विश्वको इतिहासलाई अवलोकन गर्ने हो भने सन् १९९१ मा मानवअधिकारका लागि विश्वव्यापी घोषणापत्रमा वृद्धवृद्धा अर्थात् ज्येष्ठ नागरिका अधिकारको विषयले प्रवेश पाएको थियो । सो घोषणापत्रमा वृद्धवृद्धाहरूको स्वतन्त्रता, सहभागिता, स्याहारसुसार, स्वनिर्वाह वा सन्तुष्टि र प्रतिष्ठाको उपभोग र उपयोग गौरवपूर्ण ढंगले गर्न पाउनुपर्छ, साथै त्यसको रक्षाका खातिर समाजका सबै तह र तप्काका नागरिक सचेत र सव्रिmय हुनुपर्ने आवश्यकता रहेको जनाइएको थियो । अहिले विश्वभरिका मानिसको औसत आयु ७१ वर्ष पुगेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यव्रmम (यूएनडीपी) ले जनाएको छ । नेपालमा पनि मानिसको औसत आयुमा व्रmमशः वृद्धि भएको छ । युएनडीपीको तथ्याङ्कअनुसार अहिले नेपालीको औसत आयु ७० वर्ष पुगेको छ । ज्येष्ठ नागरिककोे जनसंख्या पनि बढिरहेको छ । तर, विडम्बनाको कुरा के छ भने स्वास्थ्य विज्ञानमा भएको विकासको बढी प्रभाव सहरी क्षेत्रमा छ, गाउँगाउँसम्म पुग्नै सकेको छैन । स्वास्थ्य सेवामा दूरदराजका गरिब जनताको पहुँच पुग्नै सकेको छैन । त्यसैले ज्येष्ठ नागरिकको आवश्यकता र समस्याप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै चासो बढेको हो । ज्येष्ठ नागरिकका समस्याबारे नै छलफल गर्न सन् १९८२ र २००२ मा गरी ज्येष्ठ नागरिकसम्बन्धी दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन भए । ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित र सुनिश्चित बनाउनुपर्ने निष्कर्ष यी सम्मेलनको छ । यी सम्मेलनले ज्येष्ठ नागरिकका लागि आर्थिक तथा सामाजिक कल्याणकारी कार्य गर्न सरकारलाई आग्रह गरेका छन् । यीलगायत विभिन्न क्षेत्रीय तथा बहुपक्षीय अभिसन्धि, घोषणापत्र, कार्ययोजना पनि बनेका छन् र तिनमा नेपालले प्रतिबद्धता जनाएको छ । त्यसैअनुरूप ज्येष्ठ नागरिकको हक, अधिकार र सुरक्षाका लागि नेपालले पनि कदम चाल्दै आएको छ ।
विश्वमै ज्येष्ठ नागरिकको संख्या बढिरहेको र सामाजिक संरचनामा परिवर्तन आएअनुसार वृद्धवृद्धाका समस्या बढिरहेका कारण ज्येष्ठ नागरिकको सहज जीवनयापन, सम्मान र अधिकारमा पहुँच पु-याउने उद्देश्य हासिल गर्न यो दिवस महत्वपूर्ण छ । यस अवसरमा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक–अधिकारका लागि जनचेतनामूलक कार्यव्रmम सञ्चालन गरेर यो दिवस मनाउँछन् । विश्वको जनसंख्याको १२ प्रतिशत अर्थात् ९० करोड जनसंख्या ज्येष्ठ नागरिक रहेको अनुमान छ । खानपान, स्वास्थ्य सेवा, उच्च जीवनशैलीका कारण औसत आयु बढेसँगै ज्येष्ठ नागरिकको संख्या क्रमिक रूपमा बढिरहेको छ । नेपालको कुल जनसंख्याको ९ प्रतिशत अर्थात् करिब २५ लाख मानिस यही समूहमा पर्छन् र यो बढिरहेको छ । नेपालमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या प्रत्येक जनगणनामा संख्यात्मक र अनुपात दुवै किसिमले बढ्दै गइरहेको देखिन्छ । वि.सं. २०१८ मा ५ लाखभन्दा कम रहेको ज्येष्ठ नागरिकको संख्यामा पछिल्ला दिनमा तीव्र वृद्धि भएको छ । वि.सं. २०६८ को जनगणनाअनुसार यो संख्या २१ लाख ५४ हजार ४ सय १० पुगेको देखिन्छ । त्यस्तै वि.सं. २०१८ मा ५.२५ रहेको ज्येष्ठ नागरिकको अनुपात वि.सं. २०६८ मा वृद्धि भई ८.१४ प्रतिशत पुगेको छ । विंसं. २०१८ मा १.७९ प्रतिशत रहेको ज्येष्ठ नागरिकहरूको वृद्धिदर हाल ३.५९ प्रतिशत पुगेको छ । अहिलेकै अवस्थामा आगामी दिनमा पनि ज्येष्ठ नागरिकको जनसंख्या वृद्धि हुँदै जाने हो भने सन् २०३० भन्दा अगाडि नै दोब्बर भएर ४३ लाख पुग्ने देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ मा नेपाल सरकारले ज्येष्ठ नागरिक भत्ता बढाएर ३ हजार पु¥याएको अवस्थामा वार्षिक झन्डै ५० अर्ब रुपैयाँ त ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागिमात्र छुट्ट्याउनुपर्ने देखिन्छ । अन्य शीर्षकअन्तर्गतलाई पनि मिलाउँदा त यो रकम पौने खर्ब नजिक पुग्छ । अहिलेको १५ खर्ब ३ अर्बको बजेटमा नेपाल सरकारले ७१ अर्ब सामाजिक सुरक्षाका लागि छुट्ट्याएको देखिन्छ, जुन कुल बजेटको झन्डै ५ प्रतिशतजति हुन्छ ।
मानिस एउटा निश्चित उमेर पार गरिसकेपछि शारीरिक रूपमा कमजोर हुन्छ । उसका अङ्गप्रत्यङ्गको व्रिmयाशीलतामा शिथिलता आउन थाल्छ । यस्तो प्रव्रिmयालाई हामी वृद्धवृद्धाको अवस्था भनेर बुझ्छौं, जुन प्राकृतिक नियम पनि हो । मानिस मात्र नभएर अन्य प्राणीमा पनि यो नियम लागू हुन्छ । हाम्रो समाजमा वृद्धवृद्धा भन्नेबित्तिकै बोझ र घृणाको नजरले हेर्ने गरिन्छ । उनीहरूको अवस्थादेखि छिःछिः र दूरदूर गर्ने कुसंस्कारले हाम्रो समाजमा जरा गाडेर बसेको छ । उनीहरूले अहिले पर्याप्त मात्रामा हेरचाह र पारिवारिक स्नेह पाउन सकिरहेको अवस्था छैन । कतिपय परिवारका वृद्धवृद्धाहरू बुढेसकालमा घरबाट निकालिएर आश्रमलगायतका ठाउँमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । यसका साथसाथै शारीरिक रूपले कमजोर भए पनि वृद्धवृद्धाको अनुभवजन्य ज्ञान युवाहरूको भन्दा निकै बलियो हुन्छ । विचारहरू परिष्कृत हुन्छन् । ती सोचहरूले स्वतन्त्रतापूर्वक काम गर्न पाए समाज थप लाभान्वित हुन्छ । बूढो हुँदैमा चुप लागेर बस्ने भन्ने हुँदैन, शरीरले दिएसम्म काम गर्न सक्ने वातावरण उनीहरूलाई दिनुपर्छ । उमेर छँदासम्म उनीहरूले आफ्नो सबै सीप छोराछोरीका लागि खर्चिएका हुन्छन् । त्यसपछिको क्षमता समाजका लागि दिन पाउनुपर्छ । तथापि वृद्धवर्गको अवस्था विश्वका विकसित मुलुकमा समेत दयनीय छ । आधुनिक, उत्तरआधुनिकताको सबैभन्दा बढी प्रभाव वृद्धवर्गमा परेको छ । वृद्धावस्था भनेको जीवनको सन्ध्याकाल हो । जीवनरूपी दिनमा धेरै काम गरेर एउटा विश्राम गर्ने समय हो । शान्ति र सद्भावसाथ थकाइ मार्ने बेला हो । यसरी जीवनरूपी सन्ध्यामा शान्तिपूर्ण ढंगबाट विश्राम गर्न प्रत्येक वृद्ध पुस्तालाई कुण्ठा, पीडा र मानसिक यन्त्रणाबाट मुक्त राखेर आरामपूर्वक आफ्नो सन्ध्याकालीन जीवन बिताउन सक्ने अवस्था बनाइदिनुपर्छ । यही नै सार्थक समाधान हो ।
अन्त्यमा भन्नुपर्दा नेपाल सरकारले आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत ज्येष्ठ नागरिकका ज्ञान, सीप र बुद्धि पुस्ता हस्तान्तरण गर्न नयाँ अवधारणा ल्याएको छ— ज्ञान केन्द्र, ध्यान केन्द्र र आराम केन्द्र स्थापना; जहाँ, ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा आर्जन गरेको ज्ञान, सीप र बुद्धि हस्तान्तरणको अवसर पाउनेछन् । यद्यपि यतिबेला ज्येष्ठ नागरिक कोरोना भाइरसको उच्च जोखिममा समेत छन् । यस्तो बेला व्यक्ति, परिवार, समाज र राज्यबाट ज्येष्ठ नागरिकमाथि विशेष स्याहार र सुरक्षा अझ आवश्यक रहेको ठम्याइ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको छ । नेपालमा पनि ज्येष्ठ नागरिकबारे चासो र चिन्ता बढिरहेकै छ । नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक हककै रूपमा स्थापित गर्दै ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था सुनिश्चित गरेको छ । यसका लागि कानुनी व्यवस्थासमेत गरिएको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन र नियमावली बनेका छन् । ज्येष्ठ नागरिकसम्बन्धी नीति, कार्यनीति र कार्ययोजना बनेका छन् । ज्येष्ठ नागरिकको हक, अधिकारको संरक्षण र सुरक्षालाई राज्यकै दायित्वका रूपमा स्वीकार गर्दै आव २०५२-५३ देखि नै वृद्धभत्ताको व्यवस्था गरेको छ । यो पर्याप्त रकम नभए पनि ग्रामीण र गरिब परिवारका ज्येष्ठ नागरिकलाई भने यसले निकै ठूलो भरथेग गरेको छ । सार्वजनिक यातायातलगायत विभिन्न निकायबाट थप सुविधा दिन थालेर सकारात्मक अभ्यासको सुरुवात भएको छ, तर यस्तोे सेवा, सुविधा प्रभावकारी हुन सकेको छैन । बेसहारा ज्येष्ठ नागरिकका लागि आश्रमको व्यवस्था पर्याप्त छैन र भएका आश्रममा पनि सेवा सुविधा न्यून स्तरको छ । स्रोत, साधनको कमीका साथै व्यवस्थापकीय कमजोरीका कारण यस्ता आश्रमले गुणस्तरीय सेवा दिन सकेका छैनन् । सेवाप्रदायक निकायबीच समन्वयको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्