आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता «

आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित ‘आइएमई पे’ र लालबन्दी खानेपानीबीच सम्झौता भएको छ । सम्झौताअनुसार उक्त क्षेत्रका उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट वा आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन् ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमईका प्रदेश–२ इन्चार्ज अरुणकुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्दकुमार श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताबाट ६ हजार ५ सय १४ घरधुरी लाभान्वित हुने बताइएको छ । झण्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

प्रतिक्रिया दिनुहोस्