यो हो संसारकै सबभन्दा छिटो कुद्ने कार !

काठमाडौं: संसारकै तिव्र गतीमा कुद्ने कारको आविष्कार गरिएको छ । स्पोर्ट्स कार बनाउने स्विडिश कम्पनी कोएनिग्सएगको अगेरा आरएस हाईपरकारले विश्वकीर्तिमान बनाएको छ ।
यसले बुगाटी काइरोनको कीर्तिमान भंग गर्दै तिव्र गतिमा कुद्ने कार निर्माण गरेको हो । स्विडिसले बनाएको कारले ३६।४४ सेकेन्डमा ४०० किलोमिटर प्रतिघन्टाको स्पीड समात्यो र फेरि शून्य किलोमिटर प्रतिघन्टामा आयो । हाईपरकार लगभग साढे दुई किलोमिटर गुड्यो ।
यसअघि बुगाटी काइरोनले यसअघि ४०० किलोमिटर प्रतिघन्टाको गति ४१।९६ सेकेन्डमा समातेको थियो र कीर्तिमान बनाएको थियो तर अहिले अगेराले त्यसलाई उछिनेको छ ।
यस कारको मूल्य लगभग ३४ करोड रुपैयाँ छ । डेनमार्कका फ्याक्ट्री ड्राइभर निकोलस लिलजाले यो कार हाँकेका थिए । अगेराको तौल १३ सय ९५ किलो छ र यसमा पाँच लिटर भी८ ट्विन टर्बोचार्ज्ड इन्जिन छ । यसको १३ सय ४१ बीएचपी पावर र १३ सय ७० न्युटन मिटरको टर्क जेनेरट गर्ने क्षमता रहेको बताइएको छ ।