पदयात्रा र पर्वतारोणमा जाने पर्यटकले ७ दिन क्वारेन्टाइनमा बस्नु पर्ने «

पदयात्रा र पर्वतारोणमा जाने पर्यटकले ७ दिन क्वारेन्टाइनमा बस्नु पर्ने

नेपालमा आएर पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकले कम्तिमा ७ दिन होल क्वारेन्टाइमा बस्नु पर्ने छ । पर्वतारोहण तथा पद यात्रामा नेपाल आउँदा पालना गर्नु पर्ने शर्त सम्बन्धी मापदण्ड–२०७७ जारी गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो मापदण्ड तोकेको हो ।
पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपालमा आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनु पर्ने मापदण्डमा उल्लेख गरिएको छ । तर, भिसा उपलब्ध नहुने अवस्थामा नेपालमा रहेका ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफरिस गरी सहजीकरण गर्ने भनिएको ।
सिफारिस गरीएका पर्यटक नेपाल आउँदा अध्यागमन विभागबाट सम्बन्धित अध्यागमन विन्दुमा भिसा उपलब्ध गराउने छ । प्रवेश गर्दा ७२ घण्टा अगाडीको पीसीआर रिपोर्ट पेश गर्नु पर्ने छ । कम्तिमा ७ दिन क्वारेन्टाइनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात, कोरोना सम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति ५ लाख हजार अमेरिकी डलर बराबरको बिमा गरिएकेको हुनु पर्न मापदण्डमा उल्लेख छ । नेपाल प्रवेश गरेपछि न्यूनतम कम्तिमा ७ दिन क्वारेन्टाइन बस्नु पर्नछ । होटल क्वारेन्टाइन अवधिमा आफ्नै खर्चमा पीसीआर गरेर कोभिड–१९ नेगेटिभ आएमा पदयात्रामा जान पाउने छन् । पदयात्रा वा पर्वतारोही दलले ओरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तिमा १ लाख रुपैयाँको कोभिड–१९ को बिमा गर्नु पर्ने छ । यसरी पदयात्रा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको पापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपालमा रहँदा संक्रमण न्यूनिकरण गर्न पालना गर्नु पर्ने नियमहरु मन्त्रालय मातहतको पर्यटन विभागले मंगलबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्