अनुगमनबाट जफत गरिएको प्याज बिक्री «

अनुगमनबाट जफत गरिएको प्याज बिक्री


खाद्य सव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजार अनुगमनबाट जफत गरिएको प्याज बिक्री गरेर सकेको छ । बजार अनुगमनका क्रममा कृत्रिम अभाव गरी कालोबजारीमा बिक्री गर्न राखिएको एक सय ४६ क्वीन्टल प्याज जफत गरेर खाद्य कम्पनीले बिक्री खुला गरेको थियो । कालोबजारी गरेको फेला परेपछि कालीमाटी र बल्खु बजारबाट जफत गरिएको प्याज कम्पनीले गत शुक्रबारदेखि खुला गरेको थियो । बजार मूल्य भन्दा सस्तोमा बिक्री गरेपछि खरिद गर्ने उभपोक्ताबो भीड बढेपछि चार दिनमै सकिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रतिकेजी ६० रुपैयाँमा प्याज बिक्री गरेको थियो ।
एक सय ३६ क्वीन्टल ९५ केजी प्याज मंगलबारसम्म बिक्री गरिएको कम्पनीले जानकारी दिएको छ । ९ क्वीन्टल प्याज कुहिएकाले बिक्री गर्न नमिल्ने भएको कम्पनीले जानकारी दिएको छ । बजार मूल्य भन्दा सस्तोमा बिक्री भएपछि प्याज खरिद गर्नेको भीड लागेको कम्पनीकी शाखा अधिकृत सुस्मिता उप्रेतीले जानकारी दिइन् । मंगलबारसम्म एक सय ३६ क्वीन्टल ९५ किलो प्याज बिक्री गरिएको उनले जानकारी दिइन् । कम्पनीले गत शुक्रबारदेखि कालोबजारी मुद्दामा परेको व्यक्तिबाट जफत गरिएको एक सय ४६ क्विन्टल ५९ केजी प्याज ल्याएर बिक्री खुला गरेको थियो । कालीमाटी र बल्खुबाट जफत गरिएको प्याज कम्पनीले गत शुक्रबारदेखि थापाथलीबाट बिक्री गरेको थियो ।
भारतले निर्यातमा रोक लगाएपछि बजारमा प्याजको जथाभावी मूल्य बढेपछि महानगर, विभाग र उपभोक्ता हितको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले बजार अनुगमन तीव्र बनाएका थिए । सो क्रममा व्यापारीहरुले कालोबजारीका लागि ठूलो परिमाणमा लुकाएर राखेको भेटिएको थिए । बजारमा अहिले प्रतिकेजी प्याजको मूल्य एक सय ३० देखि ४० रुपैयाँसम्म कायम रहेको छ । बजार मूल्य भन्दा सस्तोमा प्याज बिक्री गरेपछि खरिद गर्ने उपभोक्ताको भीडभाड लाग्ने गरेको थियो । प्याज खरिद गर्ने उपभोक्ताको भीड बढ्दै गएपछि बिक्री खुला गरेको चार दिनमै सकिएको कम्पनीले जानकारी दिएको छ । मंगलबार पनि खाद्य कम्पनीबाट प्याज किन्नेको लाम सडकसम्मै आइपुगेको थियो । खाद्यले बिहान १० देखि दिउँसो ४ बजेसम्म बिक्री काउन्टर खुला गरेर एक जनालाई तीन केजीसम्म प्याज खरिद गर्न दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्