तरकारीको बीउबिजनको बिक्री बढ्यो «

तरकारीको बीउबिजनको बिक्री बढ्यो

संखुवासभा-वर्षा केही कम हुन थालेपछि खाँदबारी, चैनपुरलगायतका क्षेत्रमा बीउबिजनको बिक्री उल्लेख्य मात्रामा बढेको छ ।
निरन्तरको वर्षात्ले कृषकले लगाएका तरकारी बाली राम्रो नभएपछि प्रायस कृषकले अहिले भर्खर तरकारी खेतीमा लगाव बढाएको तरकारीका बीउबिजन बिक्री गर्दै आएका खाँदबारी ८ का कटुवाल एग्रोभेटका प्रोप्राइटर दीपक कटुवालले जानकारी दिए । उनले अहिले अधिकांश कृषकले मुला प्याज, रायो, लहरे तरकारी आदिका बीउबिजन खरिद गर्ने गरेको व्यवसायी कटुवालको भनाइ छ ।
लामो समयको वर्षात्ले बीउबिजनमा घाटा बेहोरेका कृषकहरूले अहिले थप हौसलाका साथ तरकारीका बीउबिजन किन्ने गरेका छन् । लकडाउनका कारण अहिले गत वर्षहरूमा जस्तो कृषि ज्ञानकेन्द्र र केही स्थानीय निकायहरूले बीउबिजन वितरण गरेनन् जसले गर्दा कृषकले अहिले बजारमा पाइने उन्नत जातका बीउबिजन नै छान्ने गरेको दशक अघिदेखि खाँदबारीमा बीउबिजन व्यवसाय गर्दैआएका सुलभ रेग्मी बताउँछन् । अहिले दैनिक ५० बढी कृषकले उन्नतजातका बीउबिजन लाने गरेका छन् । त्यसमध्ये उल्लेख्य मात्रामा व्यावसायिक कृषक छन् । कोभिड संक्रमण र ठूला वर्षात्का कारण यसपालि तरकारी खेतीबाट भनेजस्तो फाइदा लिन नपाइएको कृषकको भनाइ छ ।
खाँदबारी–२ चेवा गाउँकाका कृषक तेजबहादुर कार्कीले यस वर्ष आफूले लगाएको तरकारी खेतीबाट सोचेको आम्दानी लिन नसकेको बताए । अघिल्ला वर्षहरूमा जेठ र असार महिनामा समेत तरकारी खेतीबाट राम्रो आम्दानी भएको थियो । यस वर्ष लामो समयसम्म अत्याधिक वर्षा भएका कारण कृषकले लगाएका अन्नबाली लगायतका फसल सप्रिएनन् कार्कीले भने । यसपालि वर्षात्का कारणले तरकारी बालीमा गरेको लगानी उठाउनै गाह्रो भयो । गत वर्ष १० लाखको कारोबार गर्दा ४ लाख आम्दानी भएको थियो तर यसपालिको वर्षात्ले गर्दा बीउबिजन जोगाउनै गाह्रो भो । लगाइएको बालिको नोक्सानी उठाउन पनि अहिले थप बीउबिजन र मेहनत गरिरहेको उनको भनाइ छ ।
अहिले उनले आफ्नै ६ रोपनी जग्गामा आलु, साग सब्जी, कोपी, टमाटर, प्याज लगाएका छन् । दशक अघिदेखि तरकारी खेती गरेर उनले नाम र दामसहित आफ्ना २ जना छोरालाई काठमाडांैमै उच्च शिक्षा पढाउँदै आएका छन् । उनले अहिले पनि करिब ५ लाखको लगानीमा तरकारी खेती गर्दै आएको जानकारी दिए । बीउबिजनका व्यवसायी दीपक कटुवालले अधिकांश बीउबिजन तराईका जिल्ला, भारत, चीन र जापानलगायतका देशका नाम अंकित भई आएका छन् ।
अघिल्ला वर्षमा कृषकले अत्याधिक फाइदा र आम्दानी लिएका बीउबिजन भएकाले कृषकले बताए अनुसारको हावापानी र माटोको जानकारी लिएर मात्रै कृषकलाई बीउबिजन बिक्री गर्दै आएको बताए । गत वर्षको तुलनामा यसपालि वर्षात् धेरै भएकाले लगाएको बीउबिजन जोगाउन हुर्काउन नसकेको भन्दै कृषकले दोहो¥याई तेहे¥याई बीउबिजन खरिद गरेको समेत उनले जानकारी दिए ।

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्