महामारीका कारण पूर्वी एसियाको गरिबी २० वर्षमा पहिलो पटक बढ्योः विश्व बैंक «

महामारीका कारण पूर्वी एसियाको गरिबी २० वर्षमा पहिलो पटक बढ्योः विश्व बैंक

सिंगापुर-२० वर्षको अवधिमा विकाशशील पूर्वी एसियाली र प्रशान्त क्षेत्रका मुलुकहरुमा गरिबीमा बाचिरहेका मानिसहरुको संख्या पहिलो पटक वृद्धि भएको छ । कोरोनाभाइरस महामारीले यो वर्षको धेरैजसो वृद्धि घटेपछि गरिबको संख्यामा गिरावट आएको विश्व बैंकको प्रक्षेपणले सोमबार देखाएको छ ।
आम्दानी प्रति दिन ५.५० डलर भएकाहरुलाई विश्व बैंकले गरिबीको रेखामुनी भनि परिभाषित गरेको छ । झन्डै ३ करोड ८० लाख भन्दा बढी मानिस यो वर्ष आम्दानीको यो रेखामुनी जानेछन् । यसमा कोभिड–१९ को धक्का नपरेको भए गरिबीको रेखामुनीबाट उम्कने ३ करोड ३० लाख मानिसलाई पनि संलग्न गरिएको छ ।
क्षेत्रका लागि विश्व बैंकको आर्थिक अपडेटको प्रक्षेपण प्रकाशित भएको हो । यसमा चीन, दक्षिणपूर्वी एसियाली मुलुकहरु र प्रशान्त टापु फिजि र सामोवा रहेका छन् । यो रिपोर्टले भारत र अन्य दक्षिण एसियाली मुलुकहरुलाई समावेश गर्दैन ।
रिपोर्टले कसरी महामारीले गरिबलाई हानी पु¥याइरहेको छ भन्ने विषयमा उल्लेख गरेको छ । जुलाईमा संयुक्त राष्ट्र संघले विश्वको जनसंख्याको ८.८ प्रतिशत चरम गरिबीमा बाचिरहेको प्रक्षेपण गरको थियो । यो २०१९ को तुलनामा ८.२ प्रतिशतले बढी हो । प्रतिदिन १.९० डलर तल बाचिरहेका मानिसलाई चरम गरिबीको रुपमा परिभाषित गरिएको छ ।
कोभिड–१९ संकट कयौ वर्षसम्म रहिरहने विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्