घरेलू यात्रा सुधार भए पनि चिनियाँ एयरलायन्स नाफामा नजाने «

घरेलू यात्रा सुधार भए पनि चिनियाँ एयरलायन्स नाफामा नजाने

सिंगापुर-यो साताको अन्त्यमा संवेदनशील बिदाको सीजनमा सुरु भएको चिनियाँ हवाई यात्रुको आकार १० प्रतिशतले बढेपनि अन्तर्राष्ट्रिय यात्रा सुरु नभएसम्म चिनियाँ विमानसेवा नाफामा नफर्कने विश्लेषकहरुले बताएका छन् ।
विश्वका अन्य समकक्षी जस्तै चिनियाँ विमान सेवा विभिन्न मुलुकको सीमा बन्द भएकाले र कोरोनाभाइरसको विस्तारले मानिसको आवागमनमा नियन्त्रण आएको र यसले भ्रमणमा आएपछि नराम्ररी प्रभावित भएका छन् । महामारीबाट देश सुधार आएपछि चीनको घरेलू यात्रामा मजबुत रुपमा सुधार आएको तर चिनियाँ विमानसेवाले लगातार असर सहने मर्निङस्टारका इक्विटी विश्लेषक इभान सुले बताए ।
“अन्तर्राष्ट्रिय मागबिना चिनियाँ एयरलायन्स नाफातर्फ जाने सम्भावना मैले देखेको छैन,” सुले बताए ।
“चाइनिज क्यारियरको समग्र थीम भनेको यो अवधिमा नाफा कमाउनुको सट्टा घाटा नियन्त्रण गर्नु मात्रै हुनेछ,” उनले भने । “

प्रतिक्रिया दिनुहोस्