कोरोनाभाइरसविनाको महादेश अन्टार्कटिका गृष्मकालिन भ्रमणका लागि तयार «

कोरोनाभाइरसविनाको महादेश अन्टार्कटिका गृष्मकालिन भ्रमणका लागि तयार

अन्टार्कटिका-कोरोनामहामारी सुरु भएको पनि नौं महिना पुग्यो । विश्वभरीका मानिसहरु विभिन्न खाले लकडाउनमा बस्न बाध्य भएका छन् । कार्यथलो र स्कुलहरु बन्द भएका छन् र सामूहिक भेलामा बस्नका लागि बाध्य भएका छन् ।
तर अभैmपनि भाइरसबाट एक मात्र महादेश अन्टार्कटिका अछुतो रहेको छ ।
“यो सोच्नका लागि गाहे हुन्छ,” झन्डै १ वर्ष सम्म अन्य पाँचसँग अन्टार्कटिकाको अनुसन्धानमा बिताएका कारिन जान्सडोटरले बताइन् । उनले यो अवधिमा महामारी पूर्ण रुपमा मुक्त रुपमा बस्नका लागि सफल भएका छन् ।
“हामी कतिको भाग्यमानी छौ भन्ने विषय पनि लगभग डरलाग्दो खालको छ । ग्रहमा रहेका सबै मानिस मध्ये यसको अनुभव गर्ने मध्येका एक हौ,” उनले बताइन् ।
सालाखाला १,०२० मानिस कठोर किसिमको चिसो महिनामा अन्टार्कटिकामा अध्यारो र एक्लिएर बसेका छन् । हिँउद नजिकिएसँगै अन्टार्कटिकामा टोलीहले गृष्मकालिन अनुसन्धान योजनाका लागि तयारी गरिरहेका छन् ।
गैर महामारी अवस्थामा पनि केही मानिसलाई मात्रै अन्टार्कटिकामा भित्रिन र बाहिरिने अनुमती दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्