ट्रस्टबिजको बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय तालिम «

ट्रस्टबिजको बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय तालिम

ट्रस्टबिज प्राइभेट लिमिटेडले बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय तालिम बेल्जियन बैंकिङ एकेडेमी सहयोगमा बेल्जियमको राजधानी ब्रसेल्समा कात्तिक ५ गतेदेखि ९ गतेसम्म आयोजना गरेको छ । बैंकका उच्च अधिकृतहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक जोखिम व्यवस्थान, सञ्चालन, बैंकिङ प्रविधि र नयाँ बैंकिङ र वित्तीय उपकरणहरूको प्रयोगको सम्बन्धी ज्ञान र शीप बेल्जियन बैंकिङ एकेडेमीका विशेषज्ञहरूले प्रदान गर्नेछन् ।
सहभागीहरूले बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकायहरू वित्तीय सेवा तथा बजार प्राधिकरण र बेल्जियमको केन्द्रीय बैंक नेसनल बैंक अफ बेल्जियमको अवलोकन तथा नियामक निकाय र बैंक तथा वित्तीय संगको आपसी सम्बन्धका बारेमा जानकारी प्राप्त गर्ने छन् । बेल्जियन बैंकिङ एकेडेमीका भाइस प्रेसिडेन्ट इभ्स म्याथुसले भू परिदृश्यअनुसार नियमन र बजारअनुसारको जोखिम व्यस्थापन गर्नुपर्ने बताए । बेल्जियन बैंकिङ एकेडेमीका प्रमुख कार्यकारी अधिकृत फेडेरिक लर्नोक्सले यस तालिमलाई सहभागीहरूलाई आफ्नो कर्यक्षेत्रमा उपयोगी हुने ज्ञान र सीप उपलब्ध गराइने तथा ट्रस्टबिज प्राइभेट लिमिटेडसँग मिलेर भविष्यमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरूको तर्जुमा तथा सञ्चालन र परामर्श सेवा लागि सहकार्य गर्नका तयार रहेको बताए । यस तालिममा नेपालका वाणिज्य बैंक र विकास बैंकका उच्च अधिकृतहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्