सानिमा लाइफ इन्स्योरेन्सको सीईओमा अगम मुखिया नियुक्त «

सानिमा लाइफ इन्स्योरेन्सको सीईओमा अगम मुखिया नियुक्त

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन् । उनले नेपालका विभिन्न बिमा कम्पनीहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेर १६ वर्ष भन्दा बढी काम गरेका छन् ।
कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्