पोख्रेली ब्राण्ड पिउरो अब काठमाडौको बजारमा «

पोख्रेली ब्राण्ड पिउरो अब काठमाडौको बजारमा

गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पानीको ब्राण्ड पिउरो काठमाडौ उपत्यकामा पनि बिक्री सुरु भएको छ । ज्ञान फुड एण्ड बेभरेज प्रालिको उत्पादन पिउरोको एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ ।
उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममा ‘प्रोडक्ट लन्चिङ’ गरिएको पिउरो पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि पसलहरुमा उपाब्ध हुने बताइएको छ । पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको कम्पनीले जनाएको छ । खाद्य तथा गुणस्तर नियन्त्रण विभागले तोकेको मापदण्ड पूर्णरुपमा पालना गरी उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्का बताए । पिउरोले पोखरा र आसपासका सहरमा एक लिटर बोतलसँगै बीस लिटरको जार पनि बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्