निसान गाडीको दसैं–तिहार तथा छठ अफर «

निसान गाडीको दसैं–तिहार तथा छठ अफर

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ । यो अफरअनुसर ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्छन् । साथै ९ महिनासम्मको इएमआई कम्पनीले तिर्छ ।
उक्त अफर नलिएमा बढीमा २० लाखसम्मको नगद छुट पाउने कम्पनीले बताएको छ । साथै ३५ हजार ९ सय ९९ रुपैयाँ बराबरको रेड्मी नोट ९ प्रो म्याक्स मोबाइल पाउँछन् । यो योजनाअन्तर्गत ग्राहकले हरेक निसान गाडी किन्दा ५० हजारसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बिमा, १० वर्षसम्मको फाइनान्सिङ, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालू आर्थिक वर्षको सडक कर र स्पट एक्स्चेन्जको सुविधा पनि लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्