विस्तार हुँदै जुम्ला विमानस्थल «

विस्तार हुँदै जुम्ला विमानस्थल

जुम्ला-कर्णाली प्रदेशको मुकाम सुर्खेतपछि दोस्रो ठूलो सहर जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ । चालू आर्थिक वर्ष ०७७÷७८ देखि बहुवर्षीय आयोजनाको रूपमा विमानस्थल विस्तार गरिने जनाइएको छ ।
माथिल्लो कर्णालीको सबैभन्दा सहज तथा चाप हुने जुम्ला विमानस्थललाई चालू आवमा विस्तार गर्नका लागि संघीय सरकारले एक करोड बजेट विनियोजन गरेको छ । नेपाल सरकारको सेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन गरिने भएको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनले भने, “विस्तृत अध्ययनका लागि १७ लाख ६९ हजार रुपैयाँ चालू आर्थिक वर्षमा विनियोजन भएको छ भने उड्डयन प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा फायर सेड निर्माणकार्य गत वर्षदेखि चलिरहेको छ ।”
त्यसैगरी विमानस्थल विस्तार गर्नका लागि एक करोड बजेट विनियोजन भएको समेत उनले बताए । गएको शुक्रबार जिल्लास्थित सरकारी कार्यालयको चालू आवमा सञ्चालन हुने कार्यक्रम र बजेटको सार्वजनिकीकरण कार्यक्रममा विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन भएको उल्लेख छ ।
नेपाल सरकारको सेयर लगानीमा विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण कार्यका लागि बजेट विनियोजन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । चालू आर्थिक वर्षमा चालू खार्चतर्फ कार्यालय सञ्चालनका लागि २९ लाख ६० हजार बजेट विनियोजन भएको पनि जनाएको छ । स्टिल फर्निचार खरिदका लागि २५ हजार, भत्ता ५० हजार, अतिरिक्त पारिश्रमिक खर्च एक लाख ८० हजार, टेलिफोन, टेलेक्स, फ्याक्स, हुलाक तथा इन्टरनेट खर्च ५० हजार रकम विनियोजना भएको हो । त्यसैगरी सरसफाइ सामान खरिदका लागि एक लाख ३० हजार र सरसफाइ ज्यालामा एक ५० हजार छ ।

प्रतिक्रिया दिनुहोस्