जिल्ला अस्पताल मुगुमा पहिलो बालमैत्रिक कक्षा सन्चालनमा «

जिल्ला अस्पताल मुगुमा पहिलो बालमैत्रिक कक्षा सन्चालनमा

मुगु –बिकट हिमाली जिल्ला भनेर चिनिने मुगु जिल्लामा रहेको एक मात्र जिल्ला अस्पताल मुगुमा पहिलो पटक बालमैत्रिक कक्षा सञ्चालनमा आएको छ ।
जिल्ला अस्पतामा उपचार गर्न आएका वा अस्पताल भर्ना भएका बिरामीहरूका बालबचाहरूले खेलकुद, टिभी हेरेर, विभिन्न ज्ञानपुलक गुडिया, खेलैनाको माध्यामबाट समय बिताउन र ज्ञान आजन गर्ने हिसावले किडाक नेपालको आर्थिक सहयोग र जिल्ला अस्पतालको सहजिकरणमा आज बाट जिल्ला अस्पताल मुगुठिनीमा बालमैत्रिक कक्षा सञ्चालनमा आएको एक कार्याक्रम गरी सञ्चालनमा आएको छ ।
खेलैना, गुडिया, डिसहोम, बिभिन्न धुनका बाजा, कार्पेट, कुसन, गरी तत्कालका लागि ४८ प्रकारका सामाग्रीहरूको जम्मा ८५ हजार मूल्य बरारबरको जिल्ला अस्पतालमा बालमैत्रीक कक्षा सन्चालनको लागि सहयोग गरिएको किर्डाक नेपाल मुगुका जिल्ला संयोजक टेकबहादुर शाहीले बताएका छन् ।
बालमैत्रीक सामान बुझदै जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निमल नगरकोटीका अनुसार सरकारको पोलोसि अनुसार पछिल्लो समयमा प्रतेक जिल्ला अस्पतालमा एकवटा बालमैत्री कक्षा हुनुपर्ने भएको हुँदा जिल्ला अस्पतालले योसको बिषयमा बालमैत्रीक कक्षा सन्चालनको लागी निदेशिका तयार बनाई सञ्चालन गर्ने सोच भइरहेको समयमा किडाक नेपालले केही सामाग्री सहयोग गरेको हुँदा धन्यावाद दिँदै थप ब्यावस्थाका लागि र नियमित बालमैत्रिक कक्षा सञ्चालनका लागि जिल्ला अस्पतालको जिल्मा रहेको बताएका छन् ।
बालमैत्री कक्षा सनचालन गर्नु मात्र ठूलो कुरो होइन यसलाई नियमित सञ्चालन थप सामान उपलब्ध गराउन ,दिगो सन्चालन गर्न आबश्वक अनिबाय रहेको छ । यसको बारे जिल्ला अस्पताल र किडक मुगुले समय समयमा अनुगमन गरी दैनिक प्रयोगमा ल्याउन आवश्यक रहेको जिल्ला समन्वय समितिमुगुका संयोजक पुर्णबहादुर रोकायाले बताएका छन् ।

दानबहादुर बुढा

प्रतिक्रिया दिनुहोस्