नबिल बैंकले ७.७५% ब्याजदरमा सेयर कर्जा दिने «

नबिल बैंकले ७.७५% ब्याजदरमा सेयर कर्जा दिने

नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै सेयर धितोकर्जा पाइने भएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा पाइनेछ ।
आगामी दसैंको अवसरना राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट सेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ । नबिल बैंकका देशभरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु छन् ।
नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको बैंकको दावी छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ ।
साथै यसले नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ्ग युगको सुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्