कियाको दुई मोडलका गाडी किन्दा चार लाख रुपैयाँसम्म छुट «

कियाको दुई मोडलका गाडी किन्दा चार लाख रुपैयाँसम्म छुट

कियाका दुई मोडलका गाडी किन्दा चार लाख रुपैयाँसम्मको छुट पाउन सकिने भएको छ । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजनामा यस्तो छुटको अफर ल्याएको हो ।
कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी किन्ने ग्राहकले उक्त छुट पाउने कम्पनीले बताएको छ । यो योजनाको समयमा गाडी किन्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन् । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्ने बताइएको छ । कम्पनीकाअनुसार उक्त योजनाअन्तर्गत दिएको छुट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिन्छ ।
केही दिनअघि कम्पनीले कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुला गरेको छ । कम्पनीकाअनुसार सोनेटको सुरुआती मूल्य ३५ लाख ९० हजार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्