स्याङ्जाका सहिद पुत्रले चलाए टुर एन्ड ट्राभल्र्स «

स्याङ्जाका सहिद पुत्रले चलाए टुर एन्ड ट्राभल्र्स

दश वर्ष चलेको माओवादी सस्शत्र द्वन्द्वको समयमा सहिद भएका स्याङ्जाका मेघबहादुर बानियाँका छोराले टुर एण्ड ट्राभल्र्स सञ्चालन गरेका छन् । पोखरा महानगरपालिका–६ गौरीघाट (स्टेट नं. ७) माउनले टुर एण्ड ट्राभल्र्स सञ्चालनमा ल्याएका हुन् ।
टुर एन्ड ट्राभल्र्स व्यवसायमा सहिदपुत्र अशोक क्षेत्रीले करिब ४ करोड ५० लाखलगानी गरेका छन् । नेपाल भरका पर्यटकीय क्षेत्रमा सेवा प्रबाह गर्न सक्ने गरी उनले ट्राभल्र्समार्फत ट्याक्सी, स्कारपियो र माइक्रोस बस सञ्चालन गरेका छन् ।
“३ वर्ष दुबई र २ वर्ष फ्रान्समा वैदेशिक रोजगारी गरेर फर्किएका क्षेत्रीले नेपालमा पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना देखेर टुर एण्ड ट्राभल्र्स सञ्चालन गरेको हुँ ।” हिमालयन टुर एण्ड ट्राभल्र्सका प्रबन्धक निर्देशक क्षेत्रीले भने, “वैदेशिक रोजगारबाट फर्किएर नेपालमै केही गर्न सकिन्छ भनेर लगानी गरेको र ८ जनालाई रोजगा समेत दिएको छु ।”
करिब १ वर्षदेखि सञ्चालनमा आएको ट्राभल्र्स लकडाउन पूर्व राम्रोसँग चलेको बताउँदै क्षेत्रीले भने, “(कोभिड–१९) कारण लगाइएको लकडाउन अवधीमा बैंक ब्याज, किस्तार आम्दानीसमेत गरी करिब ५० लाख नोक्सान पुगेको छ ।” व्यवसाय पूर्व अवस्थामा गए नोक्सान पुगेको आर्थिक क्षतिपूर्ति गर्न सकिनेमा उनले विश्वास जनाए ।
स्याङ्जाबाट पोखरा गएर करोडौं लगानी गरेका क्षेत्रीले नेपालको प्रमुख पर्यटकीय क्षेत्र पोखरा भौगोलिक बनावट र पर्यटकीय सम्भावना भएकाले पोखरामा गएर लगानी गरेको सुनाए । पोखराबाट मुक्तिनाथ, चितवनको सौराहा, लुम्बिनी, काठमाडौं, रारासहितका पर्यटकीय क्षेत्रमा जान सहज हुने भएकाले पोखरामा लगानी गरेको बताए ।
पोखरामा टुर एण्ड ट्राभल्र्स क्षेत्रको व्यवसाय कडा प्रतिस्पर्धीको भए पनि आन्तरिक र बाह्य पर्यटकको घुइँचो नै लाग्ने भएकाले ट्राभल्र्स व्यवसाय सहज भएको क्षेत्रीले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिन पछिल्लो समय संख्यामा नभएर गुणस्तरमा समेत प्रतिस्पर्धा चल्न थालेको पनि उनले बताए ।
हरिनास गाउँपालिका–५ साविकको चिन्नेवास गाउँविकाससमिति वडा नं. ९ कुरुम्फाका नेपाली काँग्रेस स्थानीय नेताबानियाँलाई नेकपामाओवादीले द्वन्द्व सयममा २०५८ मंसिर २४ माउनकै घर हत्या गरेको थियोे । बानियाँका १ श्रीमती ३ छोरा छन् । ३ छोरामध्ये जेठा ट्राभल्र्स, माइला कृषि व्यवसाय र कान्छा भारतीय सेनामा कार्यरत छन् ।

प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्