विदेशबाट फर्किर तरकारी खेती «

विदेशबाट फर्किर तरकारी खेती

सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटारका उत्तम तामाङ व्यावसायिक तरकारी खेतीबाट स्वरोजगार बनेका छन् । विदेशबाट फर्किए लगत्तै उनले व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेका हुन् ।
जापानमा अध्ययन पूरा गरी घर आएका २३ वर्षिय तामाङले अहिले आफ्नै ठाँउमा २८ कठ्ठा जमिनमा गोलभेडा लगाएका छन् । “विदेशमा गर्ने दुःख स्वदेशमै गर्न सके नाम र दाम दुवै कमाइन्छ जस्तो लाग्यो” उनले भने, “पढ्न गएपनि मैले पढाइका लागि खर्च जोहो गर्न काम गर्नै प¥थ्यो, त्यहाँ हुँदै पढाई सकेपछि घर गएर केही व्यवसाय गर्छु भन्ने सोच बनाएको थिएँ , अहिले मैले व्यवसाय सुरु गरेको पनि करिब २ वर्ष भइसक्यो । म एकदमै सन्तुष्ट छु ।” उनले भने ।
उत्तम कृषि फर्म दर्ता गरी कनपा–७ कै बर्देउटार भन्ने स्थानमा उनले २८ कठ्ठा जमिन भाडामा लिई खेती गरेका हुन् । करिब १२ लाख रुपैयाँ लगाानीमा व्यवसाय सुरु गरेका उनले जमिनको मात्रै वार्षिक एक लाख ५० हजार रुपैयाँमा भाडा तिर्नुपर्ने सुनाए ।
अहिले उनको फर्ममा करिब १२ लाख लगाानीमा सृजना जातको गोलभेडा, भान्टा, खुर्सानी, साग र बन्दा रहेको छ । प्लाष्टिकका टनेलमा करिव १८ कठ्ठा जमिनमा गोलभेडा लगाएका छन् भने अरु जमिनमा विभिन्न जातका तरकारीहरु रोपेका छन् ।
गत मंसिरमा लगाएको गोलभेडाबाट करिब ६ लाख आम्दानी लिएको तामाङले बताए । यो वर्ष खेतीको पहिलो अनुभव भएकाले अपेक्षा अनुरुप आम्दानी गर्न नसकिएको उनको भनाइ छ । उनले आफ्नो फार्ममा दुई जना युवालाई मासिक १० हजार रुपैयाँ तलबमा रोजगारीसमेत दिएका छन् ।
उनी जस्तै गोलञ्जोर गाँउपालिका–५ खनियाँखर्कका इन्द्र थापा पनि विदेशबाट फर्किर आफ्नै ठाँउमा कृषि तथा पशुपालना रमाइरहेका छन् । फागुन महिनामा मलेसियाबाट फर्केका उनले अहिले बाख्रा, माछा, गाई तथा फलपूmलको व्यावसायिक रुपमा खेती गरेका हुन् ।
कृषि तथा पशुपालनमा सम्भावना देखेपछि व्यवसाय सुरु उनले बताए । ६ लाख रुपैयाँ ऋण लिएर करिब आठ लाख रुपैयाँमा व्यवसाय सुरु गरिएको थापाले सुनाए ।
चार रोपनी जमिनमा जुनार, सुन्तला, तीन रोपनीमा तरकारी खेती, ३० वटा बाख्रा अहिले उनको खोरमा रहेको छ । खुर्सानी, साग र गोलभेडा बिक्रीका लागि तयार भइसकेको भन्दै उनले बजारको कुनै समस्या नरहेको बताए ।
अहिले उनले घरबाटै ३० हजार रुपैयाँको तरकारी बिक्री गरिसकेको सुनाए । “तरकारी उत्पादन मात्रै गर्न सक्नुपर्छ व्यापारीहरु घर–घर मै आँउदा रहेछन् ।” उनले भने, “व्यापारीलाई बेच्दा अलि सस्तोमा बेच्नु पर्ने, त्यसैले मैले त आफँैले बच्ने तयारी गरेको छु ।”
१४ वर्ष मलेसिया बसेर स्वदेश फर्किएका उनी परिवारसँग मिलेर खेती गर्दा छुट्टै आनन्द मिलेको बताउछन् । “परिवारका सबैले सहयोग गर्छन्, म एक्लैले त के सम्भव हुन्थ्यो र ?” उनले भने, “सबैको साथले खेती राम्रो भइरहेको छ, मेहनत गर्न सके पैसा कमाउन विदेश जान नपर्ने रहेछ ।”

प्रतिक्रिया दिनुहोस्