भारतले चिनी निर्यातको समय ३ महिनालाई थप्यो «

भारतले चिनी निर्यातको समय ३ महिनालाई थप्यो

नयाँ दिल्ली-भारत सरकारले चिनी मिलको आफ्नो कोटाको अनिवार्य निर्यात गर्नका लागि समय सीमा ३ महिना बढाएर डिसेम्बरसम्म पु¥याएको छ । यसको विषयमा खाद्य मन्त्रालयका एक शीर्ष अधिकारीले सोमबार जानकारी गराएका हुन् । बचत चिनीको समस्याबाट मुक्ति पाउनका लागि सरकारले सेप्टेम्बरमा समाप्त हुन लागेको बजारीकरणको वर्ष २०१९–२० का लागि कोटाका अनुसार ६० लाख टन निर्यात गर्ने अनुमति दिएको थियो ।
खाद्य मन्त्रालयको सह सचिव सुबोध कुमार सिंहले भनेका छन्,“६० लाख टनमा ५७ लाख टनका अर्डर लिइसकेको छ । करिब ५६ लाख टन मिलबाट निक्लिसकेको छ ।” कोरोनाभाइरस महामारीकाबीच केही मिलले निर्यात गर्न कठिनाइको सामना गरिरहेका छन् । किनकी केही क्षेत्रमा लगाइको प्रतिबन्धका कारण उनीहरुले मौज्दातको निकासी गर्न सकिरहेका छैनन् ।
इरान, इन्डोनेशिया, नेपाल, श्रीलंका, बंगलादेश र अन्य देशमा भइरहेको छ निर्यात
सिंहका अनुसार कयौ मिललाई महामारीको अवधिमा भन्सारको समस्या भएको छ । यसैले उनले आफ्नो कोटाको निर्यात गर्न दिनका लागि डिसेम्बरसम्मको अतिरिक्त समय दिने फैसला गरे । मिलले इरान, इन्डोनेसिया, नेपाल, श्रीलंका, बंगलादेश र अन्य देशलाई चिनी निर्यात गरेका छन् । इन्डोनेसियालाई निर्यात गर्नका लागि गुणस्तरको मुद्धा उठाएको थियो । यद्यपि यो खुकुलो भइरसकेको छ ।

प्रतिक्रिया दिनुहोस्