भद्रकाली आयल स्टोर्सलाई २ लाख जरिवाना «

भद्रकाली आयल स्टोर्सलाई २ लाख जरिवाना

सरकारले कम तेल बिक्री गरी उपभोक्ता ठग्ने भद्रकाली आयल स्टोर्सलाई २ लाख रूपैयाँ जरिवाना गरेको छ । सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार सो आयल स्टोर्सलाई २ लाख रूपैयाँ जरिवाना गरेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको संयुक्त अनुगमन टोलीले काठमाडौंको कागेश्वरी मनहरास्थित भद्रकाली आयल स्टोर्सलाई २ लाख रूपैयाँ जरिवाना गरेको हो । अनुगमनका क्रममा सो स्टोर्सले पेट्रोलियम पदार्थ बिक्री गर्दा पेट्रोल नोजलबाट मापदण्डभन्दा कम परिणाम बिक्री गरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना गरिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भद्रकाली आयल स्टोर्सले कम तौल वितरण गरेको फेला परेकाले जरिवाना गरिएको जानकारी दिए । नोजलबाट मापदण्डअनुसारको परिमाणमा बिक्री वितरण नमिलाएसम्म पेट्रोल वितरण कार्यसमेत रोक्का गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्