स्पेनको सडकमै बग्यो ५० हजार लीटर रेड वाइन «

स्पेनको सडकमै बग्यो ५० हजार लीटर रेड वाइन

म्याड्रिड-स्पेनको वाइन कारखानको कन्टेनर फुट्नलो ५०,००० लीटर रेड वाइन पानी जस्तै गरी सडकमा बगेको छ । यसको भिडियो सोशल मिडियामा व्यापक भाइरल भइरहेको छ । भिडियोमा रेड वाइन व्यापक देखिएको छ । यो पूmटेज शुक्रबार सोशल मिडियामा सेयर गरिएको थियो ।
पूmटेजमा स्पेनको बेडोगास विटिविनास वाइनरीमा कयौ ठूला वाइनको भित्र कन्टेनर देखिइरहेको छ । भिडियोमा एक कन्टेनरबाट रेड वाइन बगिरहेको निक्लिरहेको थियो । यसका कारण पुरै क्षेत्रमा रातो रंगको समुद्र पैmलिरहेको छ । वाइनरी वर्कर्स बाध्य भएर केवल यो दृश्य हेरिरहेका छन् । हजारौ लीटर रक्सी विस्तारै–विस्तारै नजिकैको खेतमा गइरहेको छ ।
बेडोगास विटिविनसको स्थापना १९६९ मा भएको थियो । यसमा ६० लाख किलो अंगुरको उत्पादन हुन्छ । यद्यपि यो काम डां जोसे ग्रासियाले सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्