जीन्सको मूल्य १ लाख ४० हजार !

रोम-फेसनेलेबल देखिनका लागि मानिस पैसा खर्च गर्न बिल्कुल पछि पर्दैनन् । यही कुरा यदी ब्रान्डवाला कपडाको मामिलामा भयो भने मानिस पैसा पानी जस्तै बगाउछन् । स्थानीय बजारमा केवल ८०० रुपैयाँमा पाइने जीन्स ब्रान्डेड शोरुममा ८००० सम्म पर्छ । हालै विलाशी ब्रान्ड गुच्चीले एक जीन्स लन्च गरेको छ, जसको मूल्य सुनेर तपाईको होसनै उड्ने छ ।
गुच्ची जीन्सको मूल्य १,२०० डलर अर्थात १ लाख ४० हजार रुपैयाँ भन्दा बढी छ । यो जीन्समा सबैभन्दा विशेष कुरा के छ भने यसको घुडामा नक्कली घासको दाग लगाइएको छ । लुक्स रफ र टफ लाग्ने छ । यो जीन्स इटालियन फेशन विक विन्टर २०२० को हिस्सा बन्ने छ ।
यदी तपाई यो जीन्स लगाउन चाहनुहुन्छ भने तपाईले कम्तीमा पनि १,२०० डलर अर्थात् १ लाख ४० हजार रुपैयाँ तिर्नुपर्नेछ । यो गुच्ची वेबसाइटमा १,४०० डलरमा बिक्री भइरहेको छ । वेबसाइटका अनुसार यो जीन्स इटालीमा बनेको हो । यो जीन्स हलुका नीलो रंगमा धोइएको कार्बनिक डेनिम हो । जसमा घासको दागको प्रभाव राखिएको छ ।
यो जीन्सको तस्बिर र पैसाले मानिसलाई व्यापक हैरानीमा पार्ने खालको छ । यती मात्रै होइन पछिल्लो समयमा यो जीन्सका लागि कसैले यती मूल्य किन तिर्छ भन्ने रहेको छ । किनकी यसमा विशेष केही देखिएको छैन । मानिस यो जीन्सलाई लिएर सोशल मिडियामा विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् ।