कोरोनाको डर नमानी रारामा घुम्नेको संख्या बढ्न थाले «

कोरोनाको डर नमानी रारामा घुम्नेको संख्या बढ्न थाले

मुगु-यतिखेर विश्व महामारीका रूपमा फैलिएको कोरोनाले सताई रहेको बेला नेपालको ठूलो ताल रारा कोरोनाको ख्यान नगरी घुम्न आउर्ने संख्या दिन प्रतिदिन बढिरहेको छ ।
कोरोना कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि रारा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या शून्य हँुदा रारा सुनसान बनेको थियो । लकडाउनको बिभिन्न चरणअनुसार पछिल्लो समयमा सरकारले लकडाउन खुकुलो बनाउँदै लगेपछि मुगु जिल्लामा कोरोनाको संक्रमणको संख्या पछिल्लो समयमा शुन्य भएपछि रारामा घुम्न आउर्ने आन्तरीक तथा बाह्य पर्यटकको संख्या दिन प्रतिदिन बढिरहेका छन् ।
सुन्दर हरियाली बनजंगलको बिचमा रहेको सुन्दर गुरुखुरे आकारमा रहेको सुन्दर रारा ताल समुद्रीय सतहदेखि २ हजार ९ सय मिटरको उचाइमा रहेको यो रारा तालको ५.१ किमी लम्बाइ २.७ किमि चौडाइ र १६७ मिटरमा गहिरो रहेको रारा अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्र घोषण २०७४ असोज ६ गते रामसार क्षेत्रमा नम्बर १६९५ मा रहेको यो रारा तालको आफ्नो फरक पहिचाहन भोकेको ताल हो । यस रारालाई संरक्षेण तथा पूर्वाधारको बिकास भएको अण्डमा पर्यटनको घुइँचो लाग्र्ने र आर्थिक उन्नतिमा समेत वृद्घि हुर्ने थियो । तर, राराको नाममा बर्सेनि खालैको रकम पूर्वाधार विकासको नाममा आए पनि बाटो टाठोको मागी खार्ने भाडो बर्नेको स्थानीयवासीहरूको गुनासो छ ।
जहाँबाट भए पनि रारामा पुग्न दुःख सुख भए पनि कोभिड–१९ लाई जोखिम राखेर रारा गुग्र्दा रारा जुगेपछि सबै दुःख सुख र कोरोना भन्ने सबै भुलेको महसुस भएको छ । एक पटक रारामा पुगेर राराको मज्जा जोसुकैले लिनुपर्ने रारा घुम्न आउनुनै पर्ने रहेछ जुम्ला जिल्लाका आन्तरिका पर्यटक प्रकार जैसीले बताएका छन् ।
लकडाउन हुँदा ७ महिनासम्म सुनसान रारा थियो दिन काट्नु जिकै गारो हुने गरेको थियो । हिजोआज दैनिक ४०, ५० जना रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढी रहेका छन । गत वर्षहरूमा यो सिजनमा रारामा आउर्ने पाउनाहरूलाई खाना र बास बसाल्नको लागि निकै हैरान हुन्थो यो वर्ष गलानि पनि उठाउन गारो भएको रारा डाँफे होटलका म्यानेजर बलिराज शाहीले बताएका छन् ।
रारा घुम्न आउनेहरूले रारा तालको मजा नभै विश्वमा दुलर्भ मानिने एक मात्रमा रारामा पाईने असला जातका माछाहरूको हुल देख्दा छट्टै मज्जा आनन्द लिन र रारा घुम्न आउनेहरूले मुर्माटप पुगेपछि बाजुरा, जुम्ला, हुम्ला, कालीकोट, अछाम, मुगु र हुम्लामा रहेको चंङखेली हिमाल, छायानाथ हिमाल, कोहिजी मरका हिमाल, बुढीन्दा, बडीमालीका हिमाल, सैपाल हिमाल, खेसमालिका हिमाल जस्ता धेरै हिमशृंखलाहरू मुर्माटप बाट देख्न सकिन्छ ।
राराबाट २ घण्टा टाठा रहेको चुचेमारा लेक तिर जादा कस्तुरी, भालु, बदेल, रेडपाण्डा, निगाली बाघ जस्ता जनावर र कालीज डाँफे, मुनाल, च्याखुरा, काडेभ्याकुडलगायत बिभिन्न जातका चरा चरचुरीङ्कगी,२ सयभन्दा बढी प्रजातिका फूलहरू रमाउन पनि पाइने यो स्थान पनि छ ।

दानबहादुर बूढा

प्रतिक्रिया दिनुहोस्