सेनाद्वारा नमुना भवन हस्तान्तरण

जुम्ला-नेपाली सेनाले निर्माण गरेको नमुना भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नन्दाबक्स गण जुम्लाले नागरिक सैनिक सयोग कार्यक्रम अन्तरर्गत निर्माण गरेको दुई तले चार कोठे भवन कर्णाली माध्यामिक विद्यालय अनामनगरलाई हस्तान्तरण गरेको हो । नेपाली सेनाका पश्चिम पृतनापति उपरथी विज्ञानदेव पाण्डे तथा जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाद्वारा संयुक्त भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
२०७६ कार्तिक २० निर्माण सुरु भएको उक्त भवन निर्धारित समयमै सम्पन्न गरी आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको नन्दाबक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीले बताए । प्राविधिक प्रतिवेदन (स्टेमेट) अनुसार ५६ लाख भएपनि गणले त्यही स्टमेटका विभिन्न भौतिक संरचना २५ लाखमै निर्माण सम्पन्न गरेको छ । अन्य निकायले करोडौ खर्चेर पनि निर्माण हुन नसक्ने भौतिक संरचना सेनाले २५ लाखमै निर्माण गरेको प्रति स्थानीय दंग छन् ।
नागरिक सैनिक सहयोग कार्यक्रम आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन भएको २५ लाख बजेटमा सेनाले चार कोठो भवन, प्रतियोगिता नै गर्न मिल्ने पक्की बास्केटबल कोर्ट, पानी ट्यांकी, सुविधासम्पन्न शौचालय, लगायतका संरचना निर्माण गरिएको छ ।
निर्मित भवन हस्तान्तरण गर्दै नेपाली सेनाका उत्तर पश्चिम पृतनापछि उपरथी विज्ञानदेव पाण्डेले यसबाट बालबालिका लाभान्भित हुने अपेक्षा गरिएको बताए । नेपाली सेनाले देशको शान्ति सुरक्षासँगै नागरिकको राहत र उद्दारका लागि पूर्वाधार विकास, संस्कृति संरक्षण, वातावरण संरक्षणमा पनि उतिकै अग्रसर रहेको उनको भनाइ छ । नागरिकलाई राहत मिल्ने खालका विभिन्न गतिविधिलाई सेनाले प्रथामिकता दिइरहेको उल्लेख गरे ।