‘पर्यटन क्षेत्रको विकासका लागि योजना बनाउन जरुरी’ «

‘पर्यटन क्षेत्रको विकासका लागि योजना बनाउन जरुरी’

दाङ-पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने कार्यक्रमका बक्ताहरूले बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा जिल्ला समन्वय समिति दाङको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले वक्ताहरूले सो कुरा बताएका हुन । सहभागीहरूले दीर्घकालीन योजना बनाएर सबैकोे सहकार्यमा अगाडि बढेमात्र पर्यटकीय क्षेत्रको विकास गर्ने सकिने उनीहरूको भनाइ थियो ।
संस्कृतिविद् डा. शिवकुमार सुवेदीले पर्यटकीय क्षेत्रको विकासका लागि उपलब्धिमूलक कार्य गरेर अगाडि बढनु पर्ने बताए । “कुरामात्र गरेर हँुदैन प्रभावकारी कामलाई प्राथमिक्ता दिएर जानु पर्दछ,” डा. सुवेदीले भने । पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको संरक्षण गरिनु पर्ने उनको भनाइ छ । नेपालमा रहेका सांस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई विकास गरेर अगाडि बढेमा पर्यटकको आकर्षण बनाउन सकिने सुवेदीले बताए । जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई विकास गरेर अगाडि बढेमा नमुना बनाएर अगाडि बढाउन सकिने सुवेदीको दाबी छ । जिल्लामा पर्यटकीय क्षेत्रका केही काम भएको र केही बाँकी रहेको उनले बताए । “बाँकी रहेका कार्यलाई राजनीतिक नेतृत्वले पहल गर्न आवश्यक छ,” सुवेदीले भने ।
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले पर्यटकीय क्षेत्रको विकासलाई निन्तर रूपमा अगाडि बढाउनु पर्ने बताए । एक पटक विकास गरेरमात्र नहुने भन्दै यस क्षेत्रको विकासमा निरन्तर लाग्नु पर्ने उनको भनाइ छ । स्थानीय उत्पादनलाई पनि सँंगसँंगै अगाडि बढाउनु पर्ने नेपालीको भनाइ छ । जसले गर्दा आय आर्जनमा पनि सहयोग मिल्ने उनले बताए ।
प्रदेश नं ५ भ्रमण वर्ष सचिवालयका निवर्तमान सदस्य सुन्दर गौतमले आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । “पर्यटनमार्फत देशको आर्थिक विकासमा ठूलो सहयोग मिल्छ,” गौतमले भने । डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले पर्यटकीय क्षेत्रहरूको पहिचान गरी त्यसको विकासमा लाग्नुपर्ने बताए । “ससाना भन्दा पनि निश्चित क्षेत्रमा रहेका धार्मिक तथा प्राकृतिक रूपमा पर्यटकीय क्षेत्रलाई विकास गरेर अगाडि बढन आवश्यक रहेको छ,” प्रमुख सुवेदीले भने । भौतिक रूपमा निर्माण गरिएका भन्दा पनि नेपालमा सांस्कृतिक, प्राकृतिक क्षेत्रको अध्ययन गर्न पर्यटकहरू आउने गरेको सुवेदीको भनाइ छ ।
थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष भुवन चौधरीले जिल्लामा पर्यटनको विकासका लागि प्याकेज निर्माण गरेर अगाडि बढनु पर्ने बताए । प्याकेज निर्माण भएमा जिल्लाको कुनै एक स्थानमा आउने पर्यटकलाई अन्य पर्यटकीय क्षेत्रमा पु¥याउन सकिने उनको भनाइ छ ।
घोराही उप महानगरपालिका पर्यटन प्रवद्र्धन शाखाका प्रमुख बालकृष्ण खनालले पर्यटन प्रवद्र्धनका लागि संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । धारापानी धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले पुराना पुरातात्विक वस्तु तथा सामग्रीको अध्ययन गरिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्