सुजुकीको दसैं तिहार योजना सुरु «

सुजुकीको दसैं तिहार योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैं तिहारसम्मका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बिमा र गाडीका सामान निःशुल्क पाउने छन् । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारहरु अनुसार फरक फरक छुटहरु रहको छ ।
सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री बितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्