प्रतिबन्धका बावजुद इरानले तेल निर्यात बढायो

तेहरान-अमेरिकाको कडा प्रतिबन्धका बावजुद अगस्टमा इरानी तेल निर्यात डेढ वर्षकै उच्च पुगेको ट्यांकर ट्रयाकरको पछिल्लो अनुमानले देखाएको छ । सेप्टेम्बरको हालसम्मको अवधिमा इरानले झन्डै १५ लाख ब्यारेल तेल प्रति दिन निर्यात गरेको ट्यांकर ट्रयाकरले जनाएको छ । डेढ वर्षको अवधिमा इरानको तेल निर्यात दोब्बर भएको अवलोकनकर्ताले अगस्टमा जनाएका छन् ।
इरानको तेल उद्योग र निर्यातमा २०१८ को मेदेखि लागेको अमेरिकी प्रतिबन्धदेखि यो मुलुकले विदेशमा कच्चा तेल निर्यातका लागि विभिन्न चलाखी अवलम्वन गर्दै आएको छ ।
इरानका तेल मन्त्री बिजान जाङनेचले यसै साताको सुरुमा भने,“अमेरिकाले इरान बिरुद्ध रक्तपातविहिन युद्ध सुरु गरेको छ ।”
इरानले तेल निर्यातछमा लगातार अमेरिकी प्रतिबन्धको अवज्ञाा गर्दै आएको छ ।
विश्वकै ठूलो तेल आयातकर्ता चीनले आधिकारिक तथ्यांक भन्दा धेरै इरानी तेल आयात गर्दै आएको विभिन्न रिपोर्ट, मिडिया अनुसन्धान र ट्यांकर ट्रयाकिङ फर्महरुले जनाएका छन् ।
अगस्टमा इरानी तथ्यांकले देखाए भन्दा बढी कच्चा तेल निर्यात गरिरहेको ट्यांकर ट्रयाकरर्स डट कमले देखाएको छ ।
गत वर्ष यूएस डिपार्टमेन्ट अधिकारीले मिडियालाई विभागले जहाजबाट जहाज हस्तान्तरण ट्रयाकिङ गरिरहेको बताएका थिए । अन्य सरकारसँग पनि यो विषयको सुनिश्चितता गर्नका लागि काम गरिरहेको बताएका थिए ।