एनआईसीको भाखा नाघेका कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न २० दिन बाँकी «

एनआईसीको भाखा नाघेका कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न २० दिन बाँकी

एनआईसी एशिया बैंकबाट ऋण लिई साउन मसान्तसम्म भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न अब २० दिन बाँकी रहेको बैंकले जनाएको छ ।
कोभिड–१९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न विभिन्न सहुलियतका योजनाहरू ल्याइरहेको बैंकले २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले वक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको सावाँ तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुने गरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको ल्याएको हो ।
यस योजनामा सहभागी हुन अब २३ दिन बाँकी रहेकाले मौकाको फाइदा उठाउन बैंकले ऋणीहरूलाई अनुरोध गरेको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ऋणीहरुलाई बैंकले कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्