नेपाल फाइनान्सका ८ वटा साधारणसभा एकै पटक सम्पन्न «

नेपाल फाइनान्सका ८ वटा साधारणसभा एकै पटक सम्पन्न

नेपाल फाइनान्सले ८ आर्थिक वर्षको साधारणसभा एकैसाथ सकेको छ । समस्याग्रस्त स्थितिबाट मुक्त भएपछि फाइनान्सले २०औंदेखि २७औं सम्मको वार्षिक साधारणसभा एकै पटकमा सकेको हो । सभाले फाइनान्सको अधिकृत पुँजी एक अर्ब र चुक्ता पुँजी ८४ करोड २ लाख रुपैयाँ पु-याउने प्रस्ताव पारित गरेको छ ।
समस्यामा परेको संस्थालाई नयाँ ढंगले आफैं सञ्चालन गर्न सकिन्छ भनेर केही नयाँ सेयरधनीहरु समेतको सक्रियतामा चुक्ता पुँजी ८४ करोड पु-याउँदा एक बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गरिने भएको विज्ञप्तिमा उल्लेख छ । २०७४ फागुन २९ मा सम्पन्न भएको विशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पुँजीको १ बराबर १.२५ को दरले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डले स्वीकृत दिन बाँकी छ । यसपछि थप हकप्रद जारी गरिने छ ।
हाल संस्थाको सुधार कार्यक्रम अन्तर्गत केही अत्यावश्यक भौतिक सामग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सबलीकरण गर्ने, सञ्चालन जोखिमलाई न्यूनीकरण गर्ने उपायहरु समेत अवलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्