अब अस्ट्रेलियाबाट मुक्तिनाथ रेमिटको सेवा «

अब अस्ट्रेलियाबाट मुक्तिनाथ रेमिटको सेवा

मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिटले अस्ट्रेलियाबाट पनि सेवा सञ्चालन गरेको छ । अस्ट्रेलियामा रहेका नेपालीले अस्ट्रेलियामा रहेको ‘मुक्तिनाथ रेमिट अस्ट्रेलिया’को कार्यालय तथा मुक्तिनाथ रेमिट अस्ट्रेलियाको वेबसाइटमार्फत वा मोबाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।
साथै, मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटका ४ हजारभन्दा बढी एजेन्टमार्फत पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो सेवाबारे अन्य जानकारीका लागि मुक्तिनाथ रेमिट अस्ट्रेलियाको वेबसाइट बग हेर्न सकिने बैंकले जनाएको छ ।
यस्तै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न बैंकका ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्