राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’ मा «

राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’ मा

सीजी हस्पिटालिटी होल्डिङस् प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन् ।
भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो । ओबरोय होटल्स, ह्यात, हिल्टन, आइएचजी, म्यारियोट, लीला, एकोर, ¥याडिसन र ताज जस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा राहुल पनि परेका हुन् ।
राहुलले चौधरी ग्रुप (सीजी)को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन् । उनी यो सूचीका सबैभन्दा कान्छा सदस्य हुन् । ‘होटेलियर’ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि थिए । राहुलले भारतको नयाँदिल्लीबाट ‘सीजीकर्प ग्लोबल’सँगै ‘सीजी हस्पिटालिटी होल्डिङ्स’को प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् ।
होल्डिङ्सले १२ मुलुकका ९४ गन्तव्यमा १३५ होटल(रिसोर्ट सञ्चालन गरिरहेको छ । यी होटल–रिसोर्टमा ८ हजारभन्दा बढी कोठा छन् । ८० वटा होटलररिसोर्ट त भारतमा मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्