व्यवसायीको घरभाडा छुट «

व्यवसायीको घरभाडा छुट

धनकुटा जिल्लाका ३ सय २४ जना घरधनीले घर भाडा छुट गरी व्यावसायीहरुलाई सहयोग गरेका छन् ।
धनकुटा उद्योग वाणिज्य संघको पहलमा थालिएको भाडा छुट अभियानमा लामो समयसम्मको लकडाउनका कारण संकटमा परेका उद्योग व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्दै ३ सय २४ जना घरधनीले घर भाडा छुट गरी सहयोग गरेको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।
कोरोना नियन्त्रणका लागि लामो समय लकडाउन भएर आर्थिक् संक्टमा परेका व्यवसायीलाई रहत दिन घरधनी तयार भएको अध्यक्ष राईले बताए । धनकुटा जिल्लामा २ देखि ५ महिनासम्मको घरभाडा छुट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्