चेम्बर म्याग्दीको अध्यक्षमा भरत रकाल «

चेम्बर म्याग्दीको अध्यक्षमा भरत रकाल

म्याग्दी– नेपाल चेम्बर अफ कमर्स म्याग्दीको अध्यक्षमा भरतबहादुर रकाल चयन भएका छन् । शनिबार बेनीमा भएको अधिवेशनबाट रकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
समितिकोे वरिष्ठ उपाध्यक्षमा यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा, उपाध्यक्ष गंगा केसी, महासचिवमा सम्झना अधिकारी, कोषाध्यक्षमा कुलबहादुर बोहोरा, सचिवमा प्रविन सापकोटा र सह– कोषाअध्यक्षमा कुशल पौडेल लगायत २७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य यदुनाथ अधिकारीले चेम्बरले व्यवसायीको हितका लागि काम गरिरहेको बताए । उनले अहिले कोरनाको प्रभावका कारण व्यवासायीहरु पलायन हुने अवस्था आएपनि सरकारले व्यवसायीको पक्षमा कुनै काम नगरेको आरोप लगाउ ।

प्रतिक्रिया दिनुहोस्