सांग्रिलाले ब्याज रकममा १२ प्रतिशत छुट «

सांग्रिलाले ब्याज रकममा १२ प्रतिशत छुट

सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड–१९ महामारीबाट ऋणी ग्राहकलाई राहत दिने घोषणा गरेको छ । बैंकले कोभिडको असर मूल्यांकन गर्दै ग्राहकले बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ छुट दिने भएको हो ।
छुट पाउन असोज मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सबै साँवा र ब्याज रकम तिर्नुपर्छ । सो रकम तिर्दा भुक्तानी गरिएको ब्याज रकमको १२ प्रतिशत फिर्ता हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्