मोदी गाउँपालिकामा नेपाल बैंकको सेवा «

मोदी गाउँपालिकामा नेपाल बैंकको सेवा

पर्वत सदरमुकाम कुश्माबाट मात्रै सेवा दिदैं आएको नेपाल बैंक लिमिटेडले मोदी गाउ“पालिकाबाट पनि सेवा शुभारम्भ गरेको छ । कुश्मा शाखाको समन्वयमा सबैजसो कारोबार हुनेगरि मोदीमा एक्स्टेन्सन काउण्टर सुरु गरिएको बैंकले जनाएको छ ।
कुश्मा शाखाका प्रबन्धक नवराज दवाडीका अनुसार गाउ“पालिकाबाट हुने सरकारी कारोबार, बैंक खाता, राजस्व, बचत तथा अन्य सेवालाई सहज बनाउन कारोबार सुरु गरिएको हो । बुधबारबाट सेवा शुभारम्भ गरेको बैंकले गाउ“पालिकाको सम्पूर्ण कारोबार नियमित रुपमा सञ्चालन गरेको दाबी गरेको छ । “गाउ“पालिकालाई नजिकमा सेवा दिन काउण्टर सञ्चालनमा ल्याएका हौं,” कुश्मा शाखाका प्रबन्धक दवाडीले भने, “कुश्मा शाखाबाट हुने सबै प्रकारका सेवा नियमित प्रवाह गर्छौं ।” उनका अनुसार कुश्मा शाखामा हुने कारोबारको ४० प्रतिशत मोदी गाउ“पालिकाबाट हु“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्