‘नागरिक पेन्सन योजना’ मा एनआईसी एशिया बैंक नियुक्त «

‘नागरिक पेन्सन योजना’ मा एनआईसी एशिया बैंक नियुक्त

नागरिक लगानी कोषले सञ्चालन गरेको ‘नागरिक पेन्सन योजना’ मा एनआईसी एशिया बैंकलाई एक्सक्लुसिभ बैंकिङ पार्टनर नियुक्त गरेको छ ।
सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले यो योजनअ घि सारेको नागरिक लगानी कोषले जनाएको छ ।
उक्त कार्यक्रम सञ्चालनका लागि कोष र बैंकबीचको समझदारीपत्रमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरे । सम्पूर्ण नेपालीहरूलाई सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै ‘नागरिक पेन्सन योजना’ ल्याएको कोषले जनाएको छ ।
पेन्सन योजनाअन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ । ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याइएको योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ ।
यस योजनाका सहभागीहरूले न्यूनतम मासिक ५०० रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ । सर्वाधिक ग्राहक संख्या, देशैभरी रहेका शाखाहरू तथा विस्तारित काउण्टरहरू एवं डिजिटल बैंकिङ्गमा ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनाइरहेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्