माउण्टेन ड्यु र पब्जीबीच सहकार्य «

माउण्टेन ड्यु र पब्जीबीच सहकार्य

मोबाइल खेलहरुमध्ये चर्चित रहेको पब्जीसँग माउण्टेन ड्युले सहकार्य गरेको छ । विश्वमै लाकेप्रिय रहेको पब्जी खेलका पारखीलाई माउण्टेन ड्युसँगको सहकार्यले थप सहज हुने कम्पनीले विस्वास लिएको छ । पब्जीसँगको सहकार्यसँगै खेलमैदानमा आफ्नो उपस्थिति देखाउन पाउँदा खेलाडीहरुलाई नयँ उत्साह थपेको कम्पनीले जनाएको छ ।
कम्पनीले चलाएको यस प्रकारका अभियानले खेलाडी र खेलप्रेमीमाझ लोकप्रिय बनेको पब्जी युवा पुस्ताबाहेक अन्य पुस्तामा समेत पु¥याउन थप सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसले माउण्टेन ड्यु इस्पोर्ट्स समुदायलाई च्याम्पियन बनाउन र खेलाडीहरुलाई अद्भूत एवं उत्साहजनक क्रियाकलापसम्म अझ बढी पहुँच पु¥याउन कम्पनी कटिवद्ध रहेको जनाएको छ ।
गतिशिल कार्यक्रमको एक हिस्सा स्वरुप विश्वभरका खेलाडीहरुले केही सीमित समयको लागि खेलको नयाँ नक्साभरी उपलब्ध इन–गेम माउण्टेन ड्यु प्mयुल स्टेशन्स्मा शक्ति बढाउन सक्षम हुने बताइएको छ । खेल नेपाललगायत तोकिएका अन्तर्राष्ट्रिय बजारहरुमा प्रशंसकहरुले विशेष चिन्ह अंकित माउण्टेन ड्युको खरीदमा इन–गेम पुरस्कार पाउन सक्नेछन् ।
माउण्टेन ड्यु पब्जी मोबाइल प्रो लिग अमेरिका, पब्जी मोबाइल वल्र्ड लिग र पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२० को औपचारिक वेभरेज प्रायोजक रहेको छ । ‘एक भव्य तरिकाबाट पब्जी मोबाइलको सैन्य शक्तिसँग जोडिन पाउँदा र इस्पोर्ट्स प्रशंसकहरुका साथ संलग्न हुन पाउँदा हामी अन्यन्त खुशी छौं ।” पेप्सीकोका मार्केटिङ्ग डाइरेक्टर नसीब पुरीले भने, “यस किसिमको विश्वव्यापी सहकार्यले गेमिङ्ग खोजमा एक नयाँ अध्याय स्थापित गर्दै अद्वितीय क्रियाकलापहरुका साथ इस्पोर्ट्स अनुरागीहरुको नयाँ पुस्तालाई सशक्त बनाउने हाम्रो प्रतिज्ञालाई गति प्रदान गर्छ ।”

प्रतिक्रिया दिनुहोस्