वकिलको फिस तिर्न अनिल अम्बानीले बेचे गहना

नयाँ दिल्ली-कर्जामा परेका भारतीय कारोबारी अनिल अम्बाानीको वित्तीय स्थिति अत्यन्त खराब भएको छ । कुनै समय देशकै शीर्ष धनी उद्योगपतिको रुपमा कहलिएको अनिल अम्बानीले लन्डन अदालतमा आपूm सामान्य जीवन बिताइरहेको बताएका छन् । उनले आफ्नो वकिलको फिस तिर्नका लागि उनलाई गहना बेच्न परेको बताएका छन् । आपूmले एक कार मात्रै प्रयोग गर्नु परेको दुखेसो पनि व्यक्त गरे ।
१५.८४ करोड रुपैयाँको गहना बेचे
अम्बानीले २०२० को जनवरीदेखि जूनको अवधिमा १५.८४ करोड रुपैयाँका गहना विक्री गरेको र आपूmसँग विक्री गर्नका लागि अब कुनौ बस्तु बाँकि नरहेको बताएका छन् । विलाशी कारको मामिलामा उनले आपूmसँग कहिले पनि रोल्स रोयस नभएको र केवल एक मात्र कार प्रयोग गरेको बताए ।
१२ जूनसम्म चिनियाँ बैंकलाई ऋण तिर्नुपर्दथ्यो
बेलायतको उच्च न्यायालयले २०२० को २२ मे महिनामा पारित गरेको एक आदेशमा अम्बानीसँग भनेको थियो कि चीनको बैंकको ७१ करोड ६९ लाख १७ हजार ६८१ डल्र १२ जूनसम्म तिर्नु । साथै अम्बानीसँग ५०,००० पाउन्ड कानूनी खर्चको रुपमा भुक्तानी गर्नका लागि आग्रह गरेको थियो ।
यसपछि १५ जूनमा इन्डस्ट्रियल एन्ड कमर्शीयल बैंक अफ चाइनाको अगुवाइमा चिनियाँ बैंकले अनिल अम्बानीको सम्पत्तिको खुलासा गर्न माग गरेको थियो ।