घर–घरमा बनेका धाराको पानी खान पाउँदा चैनवासी खुसीले गदगद बने

छायाँनाथ रारा नगरपालिकाको खानेपानी तथा सर सफाइ स्वच्छता योजना बनाई विश्लेषण गर्दा नगर क्षेत्रका जुकेन, माथीबालै र चैन गाउँबाहेक अन्य बस्तीहरू कहिनकहीँ खानेपानीको पहुँचमा रहेका थिए । पहुँच नपुगेका यी बस्तीहरूमा खानेपानी सुरक्षा योजना बनाइ सुरक्षा योजनासम्बन्धी २ दिने तालिम समेत दिइसकेको र चैन, माथीबालैका घर घरमा खानेपानी पुगेको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मीनबहादुर रावलले बताए । समुदायको पनि अपनत्व होस भनेर जक्सनदेखि घरको धारासम्म पाइपलाइन खन्ने, धारा बनाउन चाहिने गिट्टी र बालुवा स्वमं घरधनीले श्रमदानमा उपलब्ध गराएको पनि निर्देशक रावलले बताए ।
छायाँनाथ रारा नगरपालिकाले आफ्ना १४ वडाका ९० बस्तीहरूमा आर्थिक बर्ष २०७८-०७९ भित्र सुरक्षित खानेपानीको पहुँचमा पु-याउने योजना बनाएको छ । सोही अनुसार नगरपालिकाले अवस्थाअनुसार सबै बस्तीमा खानेपानीका योजना बनाउदै क्रमशः कार्यान्वयन गर्दै आएको पनि नगरपालिकाले बताएको छ ।