अब बारी, कौशी होइन पर्खालमा पनि खेती «

अब बारी, कौशी होइन पर्खालमा पनि खेती

जेरुसेलम-आजको समयमा प्रत्येक क्षेत्रमा प्रविधि व्यापक उन्नत भइसकेको छ । विशेषगरी कृषि क्षेत्रमा खेतीलाई सहज बनाउन सकियोस् र धेरै अन्नको उत्पादन गर्न सकियोस् भनेर विभिन्न किसिमका प्रविधि अपनाइन थालेको छ । तपाईले सोच्नु भएको होलाकी खेती जमीनमा मात्रै सम्भव छ भनेर । तर होइन । विश्वको एक यस्तो देश पनि छ, जहाँ पर्खालमा पनि खेती गरिन्छ । यहाँ धान र गहुँका साथै तरकारी पनि पर्खालमा उब्जाइन्छ । यहाँको प्रविधि अब विस्तारै–विस्तारै विश्वभरीमा लोकप्रिय भइरहेको छ । यो प्रविधिलाई भर्टिकल फार्मिम अर्थात पर्खाल खेती भनिन्छ ।
भर्टिकल फार्मिङ अर्थात् पर्खालमा गरिने देश हो इजरायल । इजरायल लगायत अन्य कयौ देशमा खेती गर्न लायकको जमीनको व्यापक कमी छ र यो समस्याबाट छुटकारा पाउनका लागि त्याहाँका मानिसले भर्टिकल फार्मिङलाई अवलम्वन गरेका छन् ।
इजरायली कम्पनी ग्रीनवालका संस्थापक पायोनिर गाइ बारनेसका अनुसार उनको कम्पनीसँग गूगल र फेसबुक जस्ता ठूला कमपनी पनि सम्बन्धित छन् । जसको सहयोगबाट इजरायलमा कयौ पर्खालमा भर्टिकल फार्मिङ प्रविधिबाट खेती गरिदै छ ।
कसरी हुन्छ पर्खालमा खेती ?
भर्टिकफ फार्मिङका लागि बिरुवालाई गमलामा सानो–सानो एकाईमा लगाइन्छ र बिरुवा गमलाबाट नझरोस् भन्ने पनि सुनिश्चित गरिन्छ । यी गमलामा सिँचाइका लागि पनि विशेष प्रबन्ध गरिएको हुन्छ । यद्यपि अन्न उब्जाउनका लागि एकाइहरुलाई केही समयका लागि पर्खालबाट हटाइन्छ र फेरी यसलाई पर्खालमै राख्न लगिन्छ ।
पर्यावरणका लागि राम्रो हुन्छ पर्खाल खेती
इजरायलका अतिरिक्त पर्खाल खेतीको प्रविधि अमेरिका, यूरोप र चीनमा पनि तीव्र रुपमा विस्तार भइरहेको छ । यस किसिमको खेतीको सबैभन्दा ठूलो फाइदा भनेको पर्खालमा बिरुवा हुनाले तापमानमा वृद्धि हुदैन र यसको वरपरको वातावरणमा पनि ओसिलो भइरहन्छ । यसका अतिरिक्त यसबाट ध्वनी प्रदूषणको असर पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्