अतिविपन्न परिवारलाई घर हस्तान्तरण «

अतिविपन्न परिवारलाई घर हस्तान्तरण

जुम्ला– सन्ध्या फाउण्डेसन जुम्लाले दुई विपन्न परिवारको आवास निर्माण गरी हस्तान्तरण गरेको छ । फाउण्डेसनले चन्दननाथ नगरपालिका– १ रानारावत गाउँका विपन्न व्यक्ति ७१ वर्षीय लालबहादुर रावत र ५६ वर्षीय हनुमाने रावतको आवास निर्माण गरी बुधबार हस्तान्तरण गरेको हो ।
वर्षौंदेखि भत्केको घरमा बस्दै आएका दुई विपन्न परिवारले नयाँ घर पाउँदा निकै खुसी भएका छन् । लालबहादुर रावत भन्छन, “नयाँ घर लगाउने कुरा त छोडौ, भत्केको घरको पर्खाल मर्मत गर्न सक्ने अवस्था थिएन । पानी पर्दा चुहिने छानाभित्रै दिनरात कटाउन बाध्य थियौं । तर सन्ध्या फाउण्डेसनले गर्दा ठूलो राहत पु¥यायो यो गुन कहिले भुल्ने छैनौ ।”
त्यस्तै हनुमाने रावतले पनि जेनतेन आफ्नो भत्केको घरमा तप्पतप्प पानी चुहिँदा पालका टुक्रा छाप्दै ओत लाग्ने गरेको दुःख बिसाए । उमेर ६ दशक पुग्न लागिसकेको अवस्थामा घर बनाउने क्षमता थिएन्, तर जुम्ली युवाले दुःखी गरिबको दया गरेर भत्केको घर बनाएर हस्तान्तरण गर्दा निकै खुसी लागेको उल्लेख गरे । अब चुहिने छानामा ओत लाग्ने दिन गएको भन्दै खुसी व्यक्त गरे ।
रानारावत गाउँका दुई विपन्न परिवारलाई बुधबार घर हस्तान्तरण गरेको फाउण्डेसनकी अध्यक्ष सारादा पछार्इंले बताइन् । “लामो समयसम्म भत्केको घरमा बस्दै आएको देखेपछि उनीहरूको आवास बनाउने अभियानमा लाग्यौ । सबैको साथ र सहयोगले अभियान सफल बनाएर आवास हस्तान्तरण गर्न पाउँदा निकै गर्व लागेको उनको भनाइ छ ।
लामो समयदेखि जुम्लाको विमानस्थलमा भारी बोक्दै जीवन गुजारा गर्दै आएका दुई विपन्न परिवारले आफ्नो भत्किन थालेको घर मर्मत गर्न सक्ने अवस्था नभएकाले आवास निर्माण गरेर हस्तान्तरण गरिएको फाउण्डेसनका अध्यक्ष पछाईंले उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्