हुण्डाइको नयाँ क्रेटा सार्वजनिक «

हुण्डाइको नयाँ क्रेटा सार्वजनिक

हुन्डाइको नयाँ क्रेटा नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाइ मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘नयाँ क्रेटा दी अल्टिमेट एसयूभि’को ६ वटा संस्करणमा बजारमा ल्याएको हो ।
हुन्डाइको ‘सेन्सियस स्पोर्टीनेस’ सँगै एसयूभिको अगाडिको भागमा तीन ‘डिमेन्सनल क्यासक्याडिङ ग्रिलमा ठाडो र तेर्सो आकार र ‘स्क्लबटेड बम्परको साथमा ‘स्किड प्लेट’ लगाइएको छ । विशिष्ट रुपमा छुट्टिएको बुमर्याङ्ग आकारको एलइडी डिआरएल सहितको एलईडी हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फग ल्याम्प जडान गरिएको छ । वेलकम फङ्सनसँगै अटो अनफोल्ड ओआरभिएम र पुडल ल्याम्पले एसयूभिलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ ।
नयाँ क्रेटामा अल–न्यू–टु टोनकालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६.०३ सेन्टिमिटरको एचडी इन्फोटेन्टमेन्ट सिस्टम, लेडरले ¥याप गरिएको स्टेरिङ्ग छ । साथै माउन्टेड कन्ट्रोल, १७.७८ सेन्टिमिटरको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटो हेल्दी एयर प्यूरिफायर र स्मुथिङ ब्लु एम्बियन्ट लाइटिङ रहेको कम्पनीले जनाएको छ ।
सुरक्षाका लागि नयाँ क्रेटामा बलियो बडी संरचनासँगै एएचएसएसका अन्य विभिन्न सुरक्षात्मक विशेषता रहेको कम्पनीको दावी छ । नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध छ । ट्रान्समिसनको अप्सन ६ स्पिडमा रहेको छ ।
त्यस्तै १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भटर र १.५ पेट्रोल मोटरको लागि आईभिटी अटोम्याटिक रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध छ । कम्पनीले यसको मूल्य ४३ लाख ९६ हजार देखि ६५ लाख ९६ हजारसम्म कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्