युनियन लाइफ चौथो वर्षमा प्रवेश «

युनियन लाइफ चौथो वर्षमा प्रवेश

युनियन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको तेस्रो वर्ष पूरा भएको छ । चौथो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा अझ बढी सशक्त र आक्रामक रुपमा व्यवसाय वृद्धि गर्ने प्रतिबद्धता गरेको छ ।
कम्पनीले कारोबार सञ्चालन गरेको तेस्रो वर्षमै बिमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले दावी गरे । कम्पनीको व्यवसाय र ब्रान्डलाई अझ उचाइमा विस्तार गर्दै लैजाने उनको प्रतिबद्धता छ । कम्पनीले बिमा समितिबाट २०७४ असोज ४ गते कारोबार सञ्चालनको अनुमति पाएको थियो ।
कम्पनीले शाखा तथा उपशाखा कार्यालयबाट बिमासम्बन्धी सम्पूर्ण सेवा(सुविधा सहज र व्यवस्थित रुपमा उपलब्ध गराउँदै आएको छ भने कम्पनीका बिमा योजना उत्कृष्ट प्रकारको रहेका कारण बिमा गर्नेको आकर्षण बढेको कम्पनीले जनाएको छ ।
कम्पनीको दुई अर्ब १५ करोड रुपैयाँ जारी पुँजी छ । सो जारी पुँजीको ३० प्रतिशतले हुने साधारण सेयर चाँडै नै सर्वसाधारणसमक्ष निष्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष शुलभ अग्रवालसहित सञ्चालकमा शेखर गोल्छा, सन्दीपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल छन् । कम्पनीको मुख्य लगानीकर्ताहरु जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप हुन् ।

प्रतिक्रिया दिनुहोस्