Logo

एनसेलको टिकटक र फेसबुक चलाउन नन्स्टप प्याकहरु

एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।
‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबारदेखि सञ्चालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन वा ३० दिनको समयसिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालको प्रयोग गर्न सक्नेछन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।
त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफुले लिएको प्याकको समयसिमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन् । यति मात्र नभई, यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।
नन्स्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र रु १०० (कर सहित रु १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु १५० (कर सहित रु १९१.५४) मा प्रदान गर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन् ।

साथै सात दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५४) मा ३५०० एमबी थप फोरजी डेटा लिन सक्छन् । उक्त डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्