एमएडब्लूले नेपालमा सार्वजनिक ग-यो नयाँ पिकअप फोटोन टुनल्यान्ड ई र नयाँ भ्यान भ्यु सीएस२ एल «

एमएडब्लूले नेपालमा सार्वजनिक ग-यो नयाँ पिकअप फोटोन टुनल्यान्ड ई र नयाँ भ्यान भ्यु सीएस२ एल


नेपालका लागि फोटोन मोटरको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले दोस्रो पिकअप टुनल्यान्ड ई र दोस्रो भ्यान भ्यु सीएस२एल स्थानीय बजारमा सार्वजनिक गरेको छ ।

‘पावरफुल, स्टाइलिस एन्ड बिगर पिकअप’, टुनल्यान्ड ई
फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाईड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको जसले ३६०० आरपीएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६०० देखि २४०० आरपीएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्छ ।
टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मि बाई १.५८ मि बाई ०.४४ मि रहेको छ जुन क्लासकै सबैभन्दा ठूलो छ । साथै यसको पेलोड क्यापासिटी १ टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर रहेको छ । यात्रुको आरामका लागि टुनल्यान्ड ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म (डबल विशबोन क्वाइल स्प्रिङ) र पछाडि शक एब्जोर्बरहितको डेपेन्डेन्ड सस्पेन्सन राखिएको छ ।
फोटोनमा सुरक्षालाई सबैभन्दा बढी प्राथमिकतामा राखिन्छ । त्यसैले यसमा डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ जस्ता सुरक्षाका फिचर छन् । साथै, यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेरिङ, एअर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यु मिरर आदि छन् । नेपाली बजारका लागि टुनल्यान्ड ईको मूल्य ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
“टुनल्यान्ड ईमा विश्व प्रसिद्ध ब्रान्डको पावर पर्फर्मेन्स र रिलायबिलिटी र ओरिजिनल रोबस्ट डिजाइनको बेजोड मिलन देख्न सकिन्छ, “फोटोन नेपालका सेल्स हेड नविन आचार्यले भने, “हामीलाई विश्वास छ यसले फैलँदो पिकअप बजारको मागलाई सम्बोधन गर्नेछ ।”

नेपालको पहिलो १९ सिटर भ्यान, भ्यु सीएस२एल
टुनल्यान्ड ईसँगै एमएडब्लू वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमताको भ्यान पनि सार्वजनिक गरेको छ । यसमा लगाइएको विश्वमै सबैभन्दा विश्वास गरिएको २.८ लिटरको कमिन्स् इन्जिनले ३६०० आरपीएमा अधिकतम ११० किलोवाट पावर र ३००० आरपीएममा ३३० एनएम टर्क उत्पन्न गर्छ जुन प्रतिस्पर्धीमध्येकै सबैभन्दा बढी हो ।
भ्यु सीएसएलमा डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरसहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता क्लासकै सबैभन्दा बढी फिचरहरु छन् । नयाँ भ्यु सीएसमा पावर स्टेरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ ।नेपाली बजारका लागि भ्यु सीएस२एलको मूल्य ७२ लाख रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्