चन्द्रागिरि हिल्सको फेस्टिभ अफर «

चन्द्रागिरि हिल्सको फेस्टिभ अफर

चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा ६५०० रुपैयाँमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुमसहतिको प्याकेज सार्वजनिक गरेको छ ।
यो अफर आगामी मंसिर १५ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्