पुराना राजनीतिज्ञ आचार्यको निधन «

पुराना राजनीतिज्ञ आचार्यको निधन

वरिष्ठ राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद् स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ ।
उनका सुपुत्र सुरेशप्रसाद आचार्यका अनुसार काठमाडौंको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५ः४५ बजे उनको निधन भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका थिए ।
मुटु र मृगौलासम्बन्धी समस्याबाट पीडित आचार्यको काठमाडौंको नर्भिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो ।
केही दिन अगाडि मात्र नर्भिक अस्पतालमा उनलाई पेसमेकर प्रत्यारोपण गरिएको थियो । मृगौला, मुटु र फोक्सोमा पनि समस्या देखिएकाले नर्भिकमा उपचार भइरहेको थियो । मंगलबार अचानक ह्ृदयघात भएपछि चिकित्सकहरुले उनको उपचार सम्भव नभएको घोषणा गरेका थिए ।
राजा वीरेन्द्रको शासनकालमा गाउँफर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद् स्थायी समितिका सदस्यसमेत रहनुभएका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गरेका हुन् ।
साहित्यकार तथा लेखक समेत रहनुभएका आचार्यका ‘मुक्तात्मा र फ्युजनको जगमा शिल्यान्यास’ नामक कथा संग्रह र ‘जे देखे जे भोगे’ नामक आत्मकथा भर्खरै प्रकाशित भएको थियो ।
धनकुटामा जन्मनु भएको भए पनि धरानबाट उहाँले राजनीति सुरु गर्नु भएको हो । धरान नगरपालिकामा तीन पटक नेतृत्वमा पुग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्