कम्बोडियामा छोटा कपडा लगाए जरिवाना

नोहोमपेन-नेपालमा छोटो कपडा लगाएको देख्दा नाक खुम्च्याउने चलन हटेको पनि धेरै भएको छैन । संचार माध्यमको विस्तारसँगै मानिसले अन्य देशको रहन सहन हेरेर नेपालमा पनि छोटा लुगा लगाउने चलन चलेको हो । यहाँको सरकारले छोटा लुगा लगाउन प्रतिबन्ध लगाउने कानुन भने बनाएको छैन । तर कम्बोडिया सरकारले भने छोटा लुगा लगाउन प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।
प्रस्तावित कानून अनुसार कम्बोडियाका महिलालाई बहुत वा भड्काउ कपडा लगाउन र पुरुषलाई टपलेस हुनबाट रोक्ने छ । सरकारका अनुसार सांस्कृतिक परम्परा र सामाजिक प्रतिष्ठा बचाउने कोशिश अनुरुप यो कानून ल्याउन लागेको हो । तर, धेरै मानिसले यस किसिमको नियमको विरोध गरिरहेका छन् ।
एक महिला मोलिका यसलाई आक्रमण भएको बताउछिन् । उनी भन्छिन्,“एक युवा कम्बोडियालीको रुपमा बाहिर सुरक्षित महसुस गर्न चाहन्छु र उनी यस्तो कपडा लगाउन चाहन्छिन्, जसलाई उनी सहज महशुस गर्छिन् । म आफ्नो कपडाको माध्यमबाट आपूmलाई व्यक्त गर्न चाहन्छु र मलाई सरकारले बन्देज लगाओस् भन्ने चाहन्न ।”
उनले गत महिना अनलाईन याचिका सुरु गरेकि थिइन् र हालसम्म यसमा २१,००० भन्दा बढी हस्ताक्षर पुगिसकेको छ ।